अडिसनमय साता

अडिसनमय साता

वैशाख ६, २०७२

वर्ष २०७२ सँगै आगामी सय दिन भित्र झन्डै दुई दर्जन सौन्दर्य प्रतियोगिता आयोजित हुँदैछन् । यही मेसोमा बितेका १० दिनभित्र आधा दर्जनभन्दा बढी प्रतियोगिताका अडिसन सम्पन्न भएका छन् । ग्रीन आर्ट्स मिडियाले आयोजना गर्ने द कलेज एम्बेसडर-२०१५ को अडिसन सम्पन्न भएको छ । गएको शुक्रबार एसएलसी परीक्षा दिएर बसेका छात्राहरूमा केन्दि्रत क्विन्स हेड्स नेपाल-२०१५ को पनि अडिसन सम्पन्न भएको छ । एसएलसी लक्षित प्रतियोगिताकै रूपमा युहान इन्टरनेसनल इभेन्ट्सले आयोजना गर्ने मिस एसएलसी नेसनल तथा मिस्टर एसएलसी नेपाल-२०१५ को प्रारम्भिक चरणको अडिसन पनि सम्पन्न भएको छ । यसैगरी रिबन इन्टरटेन्मेन्टद्वारा आयोजित नेपाल्स मिस एसएसलसी अफ द इयर-२०१५ एवं स्टार इन्टरटेन्मेन्टले आयोजना गर्ने मिस टिन एसएलसी-२०१५ को अडिसन पनि सम्पन्न भएको छ । ब्रिलियान्ट किड्स तथा मिस टिन्स शीर्षक प्रतियोगिताको अडिसन पनि सम्पन्न भएको छ । यसैगरी एएनपी मिडियाले सञ्चालन गर्ने किड्स आइकन नेपाल-२०१५ को अडिसन पनि सम्पन्न भएको छ ।

आज सिजन मिडियाले आयोजना गर्ने एसएलसी प्रिन्सेस¬-२०१५ को अडिसन हुँदैछ भने पार्टी एम्पायरले आयोजना गर्ने मिस एसएलसी क्विन-२०१५, रिबन इन्टरटेन्मेन्टले आयोजना गर्ने मिस्टर एसएलसी-२०१५, लोटस इन्टरटेन्मेन्टले आयोजना गर्ने सुपर ट्यालेन्ट-२०७२ अन्तर्गत जुनियर प्रिन्स एन्ड प्रिन्सेस सुपर ट्यालेन्ट, एसएलसी प्रिन्स एन्ड प्रिन्सेस सुपर ट्यालेन्ट, प्लस टु प्रिन्स एन्ड प्रिन्सेस सुपर ट्यालेन्ट तथा प्रिन्स एन्ड प्रिन्सेस सुपर ट्यालेन्ट-२०७२ को पनि अडिसन हुँदैछ ।

प्रकाशित :वैशाख ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्