सुविनको मुस्ताङ भ्रमण

सुविनको मुस्ताङ भ्रमण

वैशाख ६, २०७२

राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षण दूत मिस नेपाल-२०१४ सुविन लिम्बूले भर्खरै मात्र उपल्लो मुस्ताङको भ्रमण सम्पन्न गरेकी छिन् । उपल्लो मुस्ताङमा वन, वन्यजन्तु तथा प्राकृतिक सम्पदा संरक्षणको चेतना फैलाउन उनले उक्त क्षेत्रको भ्रमण गरेकी हुन् । भ्रमणका क्रममा सुबिनले मुस्ताङको लोमान्थाङ, छोसेर र छोन्हुप गाविस पुगेर स्थानीय किसान, व्यवस्थापन समितिका पदाधिकारी तथा आमा समूहसँग भेटघाट गर्दै संरक्षण शिक्षा प्रदान गरेकी थिइन् । लोमान्थाङमा उनको सम्मानमा स्थानीय बासिन्दाहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित राउन्ड अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) को संयोजनमा सुविनले पहिलो पटक उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गरेकी हुन् । एक साताको भ्रमणका क्रममा उनले माटोको भूमिका रूपमा परिचित लोमान्थाङका स्थानीय किसानहरूलाई तरकारीको बीउ वितरण, उनीहरूसँग छलफल एवं त्यहाँका गुम्बाहरू अवलोकन गरेकी थिइन् । त्यहाँ सञ्चालन गरिएको छलफल कार्यक्रममा सुविनले मुस्ताङको अनौठो भूबनौट, अनुपम प्राकृतिक सम्पदा तथा कलासंस्कृतिको संरक्षण गर्दै त्यसलाई पर्यटन व्यवसायसँग जोड्नुपर्ने कुरा बताएकी थिइन् ।

प्रकाशित :वैशाख ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्