ह्वाट टु डु रिलोडेड

ह्वाट टु डु रिलोडेड

वैशाख ६, २०७२

तीन वर्षअघि मञ्चन भएको नाटकको अर्को शृंखलाका रूपमा शिल्पी थियटरले नाटक 'ह्वाट टु डु रिलोडेड' मञ्चन गरिरहेको छ । बत्तीसपुतलीस्थित शिल्पीको गोठाले नाटकघरमा प्रदर्शित नाटकलाई स्विट्जरल्याण्डकी डग्मार एल्गारले निर्देशन गरेकी हुन् । यो नाटक भोलि शनिबारसम्म चल्नेछ ।

तानसेनको हावा

तानसेन पढ्न आएको एउटा गाउँको युवाको तानसेन बसाइसम्बन्धी कथामा केन्दि्रत नाटक 'तानसेनको हावा' को निर्देशन मिनुज रानाले गरेका हुन् । मनभरि उच्च शिक्षाको सपना बोकेर आएको एउटा युवाको सपना बिलाउने मात्र होइन, भविष्यविहीन हुने कथा समेटिएको उक्त नाटकमा कलाकारहरू रोजिना बज्राचार्य, सम्झना तिमिल्सेना आदिले अभिनय गरेका थिए । मिमिक एक्ट सेन्टरको निर्माणमा तयार भएको नाटक तानसेनको हावा तानसेन नगरपालिकामा तीन शो प्रदर्शन गरिएको थियो ।

माधव अर्याल

प्रकाशित :वैशाख ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्