जन्मदिनमा कालिकास्थान बत्ती बाल्छु

जन्मदिनमा कालिकास्थान बत्ती बाल्छु

- कृष्ण भट्टराई

वैशाख ५, २०७२-

मन्दिर :  कालिकास्थान

नवदुर्गामध्येकी एक दुर्गाको यो मन्दिर मेरो घर नजिक छ । परिवारमा कसैको जन्मदिन पर्दा त्यहीं गएर बत्ती बाल्छु । फुर्सदमा पुगिरहने मन्दिर पनि यही हो ।

खाना :  थकाली खाना

गुन्द्रुकको अचार, लोकल कुखुराको मासुको झोलसहितको थकाली खाना असाध्यै मन पर्छ ।

पहिरन :  क्याजुअल

गर्मी र जाडो दुवै मौसमलाई उपयुक्त हुने क्याजुअल वेयर लगाउन सजिलो लाग्छ । मलाई सुहाउने पहिरन पनि क्याजुअल नै हो ।

स्थान :  सौराहा

धेरै पटक गएकाले होला सबैभन्दा मनपर्ने ठाउँ नै सौराहा हो । सौराहाको साधारण जीवनशैली असाध्यै राम्रो छ ।

गीत :  उकाली ओरालीहरू

गायिका तारादेवीको यो गीत मैले विभिन्न समारोमा गाएकी पनि छु । गुनगुनाउन सजिलो यो गीत सुन्दा आनन्ददायक छ ।

गायक :  स्वरुपराज आचार्य

स्वर कर्णपि्रय छ । स्पष्ट शब्द उच्चारण गरेर गीत गाउने यी गायकको स्वरमा बेग्लै मिठास छ ।

गायिका :  इन्दिरा जोशी

बोल्ड एन्ड ब्युटिफिल इन्दिरा जोशीको स्वर बोल्ड हुनुका साथै स्टेज प्रस्तुति पनि आकर्षक छ । स्वरमात्र होइन, उनको सुन्दरता पनि प्रशंसनीय छ ।

अभिनेता :  सौगात मल्ल

उहाँसँग त म एकतर्फी प्रेम नै गर्छु । मलाई उहाँसँग अनस्त्रिmन रोमान्स गर्ने ठूलो धोको छ । सौगातको अभिनय र व्यक्तित्व दुवै आकर्षक छ ।

अभिनेत्री :  पि्रयंका कार्की

नयाँ पुस्ताकी भए पनि पि्रयंका कार्कीको लगाउने, आफूलाई प्रस्तुत गर्ने शैली आकर्षक छ । चलचित्रको छायांकनस्थलमा स्पटब्वाइदेखि निर्देश्ाकसम्म सबैसँग समान व्यवहार गर्ने उहाँको बानी अनुकरणीय छ ।

मौसम :  वसन्त ऋतु

न जाडो, न गर्मी...वसन्त ऋतुको वातावरण नै सुन्दर लाग्छ । टिसर्ट लगाए पनि जाडो नहुने, ज्याकेट लगाए पनि गर्मी नहुने यो मौसममा म खुबै रमाउँछु ।

चाडपर्व :  दसैं

नेपालको सबैभन्दा ठूलो पर्व भएकाले मात्र होइन दसैंका बेला परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुन पाइन्छ । दसैंमा भीडभाड कम हुने भएकाले काठमाडौं सहरकै वातावरण रमाइलो हुन्छ ।

सवारी :  स्कुटर

आफू पनि स्कुटरमै यात्रा गर्ने भएकाले यो सवारी साधन युवतीहरूका लागि उपयुक्त लाग्छ ।

 

प्रस्तुति :  कृष्ण भट्टराई

प्रकाशित :वैशाख ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्