संकल्प नयाँ वर्षको

संकल्प नयाँ वर्षको

- विदुर खतिवडा

वैशाख ५, २०७२-

विनोद ढकाल, अध्यक्ष,कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ

# महासंघका रूपमा क्यानको संस्थागत विकासका लागि सक्रिय रहँदै नयाँ कार्यक्रमहरू देशव्यापीरुपमा सञ्चालन गर्नेछु ।

# यो वर्ष सरकार र निजी क्षेत्रको सहकार्यलाई अझ परिणाममुखी बनाउन क्रियाशीलता बढाउनेछु ।

# विगतका वर्षहरूमा काममा बढी व्यस्त भएर परिवारलाई पर्याप्त समय दिन सकेको छैन, यो वर्ष परिवारका लागि समय निकाल्नेछु ।

लोकबहादुर भण्डारी,  सचिव, हिसान

# उच्च माध्यमिक तहको शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूको छाता संगठन हिसानलाई राजनीतिबाट मुक्त बनाउँदै पेसागत संगठनकारूपमा विकास गर्ने । सबैले काम गर्न सक्ने शैक्षिक संस्थाका रूपमा हिसानको संगठन निर्माण गर्ने ।

# आफू कार्यरत शैक्षिक संस्था जेभियर इन्टरनेसनल, कालोपुललाई हरेक विद्यार्थीले सुरक्षित करिअर निर्माण हुने भरपर्दो संस्थाकारूपमा चिनुन् भन्ने उद्देश्यले निरन्तर मेहनत गर्ने । यसलाई आकर्षक शैक्षिक संस्थाका रूपमा चिनाउने ।

# विद्यार्थीले समयानुकूल अपडेटेड शैक्षिक वातावरणमा शिक्षा हासिल गरून् भनेर शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय मापदन्डको बनाउन पहल गर्नेछु । सामाजिक रूपमै आफूलाई शैक्षिक व्यक्तित्वका रूपमा रूपान्तरण गर्नेछु ।

पशुपति मुरारका, कार्यवाहक अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

# उद्योग वाणिज्य महासंघमा गुट-उपगुटको राजनीति हावी छ, त्यसैले सम्पूर्ण उद्योगी व्यवसायीबीच व्यवसायिक एकता कायम गराउन सक्रिय रहनेछु । महासंघभित्रको अस्वस्थ राजनीतिलाई निरुत्साहित गर्न अघि बढ्नेछु ।

# हाल सञ्चालनमा रहेका उद्योग व्यवसायलाई विस्तार गर्दै नयाँ क्षेत्रमा लगानी बढाउनेछु ।

# धेरै नै व्यस्त भएकाले परिवारलाई पर्याप्त समय दिन सकेको छैन्, अब परिवारलाई समय

छुट्याउनेछु, साथै कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी -सिएसआर) मार्फत सामाजिक सेवालाई पनि निरन्तरता दिनेछु ।

योगेन्द्रमणि दाहाल, गीतकार तथा अध्यक्ष, गीतकार संघ नेपाल

# गीतकार संघ, नेपाललाई स्थायित्व दिन कोष खडा गर्दैछु । २०७२ मा यसले गीतकारहरूका निम्ति कार्य प्रारम्भ गर्नेछ ।

# गीतकार संघ नेपाल तथा संगीतकार संघ नेपाल मिलेर कल्याणकारी अक्षय कोष खडा गर्दैछौं, जसले संगीतमा कार्यरत सम्पूर्ण कलाकारको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनेछ ।

लक्ष्यबहादुर केसी, अध्यक्ष, प्याब्सन 

# गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौं, त्यसैले प्याब्सनअन्तर्गत मुलुकभरका सबै शैक्षिक संस्थाले यसलाई निरन्तरता दिनेछन् भन्ने विश्वास दिलाउँछु । पब्लिक-प्राइभेट पार्टनरसिपअन्तर्गत सामुदायिक विद्यालयको स्तर विकासका निम्ति हामी सहकार्य गर्न तयार रहनेछौं ।

# विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, यसको कार्यान्वयनका निम्ति हामी इमान्दार छौं, यसलाई लागू गराउन अभियानकै रूपमा अघि बढ्न अपिल गर्नेछौं ।

# म संलग्न सूर्योदय आवासीय माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाउन सक्रिय रहनेछु ।

लीलामणि पौडेल, मुख्यसचिव, नेपाल सरकार

# बाग्मती सफाइ अभियानलाई जनस्तरको कार्यक्रम बनाउन महाअभियान सञ्चालन भैरहेको छ । बाग्मती सफाइ अभियानप्रतिको मेरो प्रतिबद्धता र सक्रियता वर्ष २०७२ मा पनि कायम रहनेछ ।

# सामाजिक पुँजी निर्माणका निम्ति सबैमा सकारात्मक सोचको विकास गराउन व्यक्तिगत क्रियाशीलतालाई निरन्तरता दिनेछु ।

# विगतदेखि नै सकारात्मक सोच विस्तार गराउने अभियानका क्रममा विद्यालय तथा कलेजका विद्यार्थीहरूमाझ अन्तरक्रिया गर्दै आएको छु । स्वस्थ सोच विकास गराउन वर्ष २०७२ मा पनि सक्रियरहनेछु ।     

लक्ष्मण शेष, संगीतकार

# हरेक कुरा र परिस्थितिमा पनि सकारात्मक मात्रै सोच्नेछु । हरेकले आफूभित्रको नकारात्मक पक्षलाई छोडेर सकारात्मक सोच राख्न सकेमात्र परिवर्तन सम्भव हुन्छ ।

# हजारौं प्रयासका बाबजुद मैले केही कुलत छोड्न सकेको छैन, यो वर्ष ती सबै कुलत त्याग्नेछु ।

# संगीतकर्मीहरूको भलाइका निम्ति आफ्नो कार्यकालमा ठोस परिणाम आउने गरीकार्य गर्न प्रतिबद्ध छु ।

रक्षा थापा, कलाकार/मोडल

# हालै स्काउट शीर्षकको चलचित्रमा अभिनय गरे, त्यस क्रममा नृत्य गर्न निक्कै गाह्रो लाग्यो, त्यसैले वर्ष २०७२ को सुरुवातमै डान्स क्लास लिन जान्छु भने अभिनयको कक्षा पनि लिन्छु ।

# हास्यश्रृंखला भद्रगोलमा अभिनय गर्न थालेपछि मोटोपन घट्दै गएको छ, आफ्नो मोटोपन अझ कम गरेर स्लिम एन्ड सेक्सी नायिकाको परिचय निर्माण गर्नेछु ।

# यो वर्ष नयाँ गाडी किन्नेछु । आम्दानीको केही हिस्सा गरिब तथा असहाय बालबालिकाको सहयोगमा खर्चिनेछु ।

सुदीपकुमार रेग्मी, महासचिव, नेपाल-चीन व्यापार संघ

# म हाल नेपाल चीन व्यापारको क्षेत्रमा अध्ययन-अनुसन्धान गरिरहेको छु । यो वर्षभित्र यही विषयमा विद्यावारिधि तहको अध्ययन पूरा गर्नेछु । नेपाल-चीन व्यापारलाई संस्थागत रूपमै बलियो बनाउन संस्थाका तर्फबाट आफ्नो जिम्मेवारी वहन गर्नेछु ।

# वर्ष २०७२ को प्रारम्भ अर्थात् वैशाखमै नयाँ व्यवसायमा संलग्न हुँदैछु । त्यसलाई स्थापित पनि गराउनुपर्नेछ ।

# यो वर्ष गीतकारकारूपमा अन्तरा-२ गीतिसंग्रह दर्शक-श्रोतामाझ सार्वजनिक गर्नेछु, साथै यो वर्ष कविता संग्रह पनि सार्वजनिक हुँदैछ ।

दिकेश मल्होत्रा, अध्यक्ष, इन्टिग्रेटेड मोबिलिटी सर्भिसेज, नेपाल

# म नयाँ संकल्प लिन नयाँ वर्ष नै कुर्नुपर्छ भन्नेमा म विश्वास गर्दिनँ, हरेक दिन, हरेक हप्ता, हरेक महिना, हरेक वर्ष लक्ष्य प्राप्तिका निम्ति संकल्प लिइरहेको हुन्छु । यो अवसरमा म आफू र आफूसँग काम गर्ने सहकर्मीहरू सबैले नयाँ जोस र नयाँ उत्साहका साथ काम गरौं भन्ने चाहन्छु । विगतलाई मूल्यांकन गर्दै नयाँ समयलाई स्वागत गर्ने हो । यो वर्ष आफ्नो काम प्रतिको आशा, ऐक्यबद्धता, दूरदृष्टि र कडा परिश्रम बढाउँदै लानेछु ।

# व्यक्तिगत तहमा आउँदो वर्ष सामसुङ मोबाइलको बजारमा रोमाञ्चकारी उपलब्धि हासिल गर्न म थप जिम्मेवारी निर्वाह गर्दैछु, जसमा सफल हुन आफ्नो स्वास्थ्य सही हुन आवश्यक छ । नियमित शारीरिक व्यायामका अतिरिक्त मानसिक रूपमा पनि आफूलाई फिट बनाउन मेहनत गर्नेछु ।

बद्री पंगेनी, गायक तथा वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल

# सामाजिक कार्यमा अघिल्लो वर्षभन्दा बढी सक्रिय रहनेछु, खासगरी नेपाली फुटबलको विकासका लागि कलाकारको हिसाबले गर्नसक्ने सम्पूर्ण पहल गर्नेछु ।

# राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको प्रगति र उन्नति तथा सम्पूर्ण कलाकारको हकहित र अधिकार प्राप्तिका लागि आफ्ना तर्फबाट विशेष पहल गर्नेछु ।

# महिलाहरूलाई अझ बढी सम्मान गर्नेछु । राष्ट्र, राष्ट्रियताका विषयमा व्यक्तिगत एवं सांगीतिक क्षेत्रको माध्यमबाट निरन्तर आवाज उठाइरहनेछु ।

सोमिया बराइली, गायिका

# आफ्नो ब्यान्ड सम्मिश्रणसँगको सहकार्यमा दर्शक-श्रोताले रुचाउने नयाँ गीत सार्वजनिक गर्नेछु ।

# अध्ययनलाई विशेष ध्यान दिनेछु । विविध कारणले नियमित अध्ययनमा ग्याप भैरहेको छ । हाल मानविकीमा स्नातक गर्दैछु, तर यो वर्ष ललितकला क्याम्पसमा संगीत विषयमा भर्ना हुनेछु ।

# यो वर्ष आफ्नो भोकललाई अझै तिखार्नेछु र स्वरमा निखार ल्याउन मेहनत गर्नेछु ।

हेमन्त शर्मा, गायक तथा अध्यक्ष, प्रस्तोता समाज नेपाल

# विगत वर्षहरूझैं श्रोताहरूमाझ मीठा-मीठा गीत ल्याउन प्रयत्न गर्नेछु ।

# गायक, गायिका तथा सम्पूर्ण संगीतकर्मी तथा संगीत व्यवसायीबीच भाइचारा बढाइ रोयल्टीका लागि नयाँ बाटो पहिल्याउन प्रयत्न गर्नेछु ।

# आफ्नो स्वास्थ्यको अलिक बढी ख्याल गर्नेछु ।

ज्योति मगर, गायिका

# वर्षको प्रारम्भमै नयाँ एल्बम सार्वजनिक गर्दैछु, यसलाई आफ्नो सर्वोत्कृष्ट गीतिसंग्रह बनाउनेप्रयास गर्नेछु ।

# अहिले धेरै राति भएपछि मात्र सुत्ने र अबेर उठ्ने बानी छ । यसले गर्दा समय व्यवस्थापन गर्न एकदमै गाह्रो भएको छ । यो बानी०७२ सालमा सुधार्नेछु ।

# मेरो मनमा एकदमै धेरै कुरा खेल्ने भएकाले सम्भिmनुपर्ने कुरा बिर्सिरहेकीहुन्छु, यसमा पनि सुधार ल्याउने प्रयास गर्छु ।

मन्जु पौडेल, गायिका

# आफ्नो शरीरको तौल व्यापक रूपमा कम गर्दै सेक्सी लुक्स बनाउने ।

# गायन क्षेत्रमा लोकपि्रयता हासिल गर्दै गएकी छु, आगामी दिनमा अझ राम्रा एल्बम निकाल्दै दर्शक-श्रोताहरूको मनजित्ने प्रयास गर्नेछु ।

# यो वर्ष नयाँ चारपाङ्ग्रे सवारी साधन खरिद गर्दैछु ।

हेमन्त राना, गायक

# वर्ष २०७२ मा एउटा महत्वाकांक्षी गीतिसंग्रह सार्वजनिक गर्दैछु भने न्यून आय भएका एक जना प्रतिभावान् कलाकारका निम्ति गीतिसंग्रह तयार गर्न व्यक्तिगत प्रायोजन गरिदिनेछु ।

# वर्ष २०७१ मा मैले धेरै समय विदेशमा बिताएँ । त्यसैले अब आउने वर्ष बढीजसो समय आफ्नो मुलुकमा रहेर परिवारसँग विताउनेछु, खास गरी बाबा-ममीसँग ।

# अब आउने साल म र मेरो साथी गौरव पहारीले जिएच इन्टरटेनमेन्टका तर्फबाट एउटा चलचित्र निर्माण गर्दैछौं, जुन सम्भवतः २०७२ भित्रै तयार भएर प्रदर्शनमा आउनेछ ।

राजकुमार राई, अध्यक्ष, निर्माता संघ

# हाल मेनस्टि्रम र सिटिबेस चलचित्र निर्माण भैरहेका छन् । यसले २ किसिमका मेकर्स जन्माएको छ । परिवर्तित स्वरूपमा नेपाली सिनेमालाई रूपान्तरण गर्दै सिनेमाको बजार स्थापित गर्न पहल गर्नेछु ।

# ५० वर्षको अवधीमा नेपाली चलचित्रसम्बन्धीनीति थिएन, चलचित्र नीति पारित भएर कार्यान्वयनको चरणमा छ । उक्त नीतिअनुरूप चलचित्र उद्योग विकासको पूर्वाधार खडा गर्न प्रयास गर्नेछु ।

# चलचित्र निर्माणमा निखार ल्याउन पहल गर्नेछु । ५० वर्षको इतिहासमा हाम्रो चलचित्र उद्योग यो अवस्थामा आइपुगेको छ ।

पि्रयंका कार्की, नायिका

# म नयाँ वर्ष कहिले आउला र संकल्प लिऊँ भनेर पर्खिन्नँ । जे गर्न मन लाग्छ, त्यो सुरु गरिहाल्छु, संकल्प लिएर मात्र काम हुने होइन, प्रतिबद्धता मुख्य कुरा हो । संकल्प लिनलाई वैशाख नै कुर्नुपर्दैन ।

# दुई साता भयो मैले योग गर्न थालेको, यसले मलाई तत्कालै परिणाम दिइसकेको छ । स्वस्थ जीवनशैलीका लागि योग अत्यावश्यक रहेछ, यसले मलाई शान्तका साथै नियमित पनि बनाएको छ, यसलाई निरन्तरता दिनेछु ।

# अतिरिक्त मैले गायनमा पनि पाइला चालिसकेकी छु, एउटा गीत फाइनल भएर म्युजिक भिडियो निर्माणको चरणमा छ । त्यसैले ७२ सालमा एउटा एल्बम सार्वजनिक गर्दै गायन क्षेत्रमा सक्रियता बढाउनेछु ।

सुरजसिंह ठकुरी, नायक/कार्यक्रम प्रस्तोता

# म कहिल्यै नयाँ वर्षमा नयाँ संकल्प लिन्नँ । कुनै संकल्प लिनु भनेको आफूमा भएको नराम्रो बानी हटाउन वा नयाँ काम गर्नलाई हो, त्यसका लागि वैशाख १ गते नै कुर्नुपर्दैन । सोच्नेबित्तिकै परिवर्तनका निम्ति प्रतिबद्ध हुनुपर्छ ।

# राम्रा सबल सामग्री वा विषयमा आधारित चलचित्रमा काम गर्नेछु, जुन नेपाली परिवेश र सामाजिक विषयवस्तुमा आधारित हुनेछन् ।

# कान्तिपुर टेलिभिजनको नयाँ च्यानल कान्तिपुर गोल्डमार्फत राम्रा एवं स्तरीय कार्यक्रम दर्शकमाझ पुर्‍याउन मेहनत गर्नेछु ।

अर्जुन पोखरेल, संगीतकार

# सकेसम्म नेपाली गीतसंगीतको स्तरलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेप्रयास गर्नेछु ।

# २०७२ सालमा एउटा गीत आफैंले गाएर १ मात्र गीतको गीतिसंग्रह सार्वजनिक गर्नेछु, जसको रोयल्टीबाट प्राप्त सम्पूर्ण रकम खर्चिएर आफ्नै अनुराग संगीत विद्यालयमा अध्ययनरत गरिब तथा प्रतिभावान विद्यार्थीलाई गीत रेकर्डको सुविधा मिलाइदिनेछु ।

# २०७१ सालमा गरेका राम्रा-राम्रा सिर्जनाको प्रवर्द्धन गर्ने तथा २०७२ सालमा अझ राम्रा गीतसिर्जनामा ध्यान पुर्‍याउनेछु ।

नवल खड्का, अध्यक्ष, नेपाल चलचित्र कलाकार संघ

# पछिल्लो समयमा चलचित्र उद्योगमा छाएको निराशाको अन्त्य गर्दै यो क्षेत्रको द्रुतगत विकासका लागि चलचित्र कलाकार संघका तर्फबाट पहल गर्नेछु । चलचित्र नीतिअनुरूप अब नेपाली चलचित्रलाई विश्वमै चिनाउने गरी व्यवसायिक रूपमा सफल बनाउन प्रयासरत रहनेछु भने कलाकारहरूको श्रीवृद्धिका लागि काम गर्नेछु ।

# चलचित्र भन्नेबित्तिकै मनोरन्जनका लागि मात्र बुझिन्छ, तर मेरो विचारमा चलचित्रले सन्देश प्रवाह गर्नुपर्छ, त्यहि भएर मैले दशगजा, भीमदत्त र आवाजजस्ता राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र निर्माण गर्दै आएको छु । वर्ष २०७२ मा पनि मौलिक विषयमा चलचित्र निर्माण गर्नेछु ।

वषर्ा शिवाकोटी, नायिका

# खानेकुरामा नियन्त्रण गर्दै फिटनेसमा ध्यान दिनेछु । पछिल्लो समयमा केही मोटाएकी छु, जसलाई घटाउनुछ ।

# अहिलेसम्म आएका सबै काम गरिरहेकी छु तर आगामी दिनमा स्तरीय प्रोजेक्ट छनौट गरेर मात्र काम गर्नेछु । सबै कुरा बुझेर थोरै तर राम्रो काम गर्ने प्रयासमा हुनेछु ।

# हाल बीबीए लास्ट सेमेस्टरमा अध्ययनरत छु, त्यसैले कलेज अध्ययनमा नियमित हुनेछु । अध्ययनमा मेहनत पनि गर्नेछु ।

प्रल्हाद तिमल्सिना, गायक

# वर्ष २०७२ मा नयाँ गीतिसंग्रह सार्वजनिक गर्दैछु ।

# व्यवसायमा सक्रियता बढाउँदै यो वर्ष नयाँ काममा हात हाल्दैछु, जसका निम्ति सबै गृहकार्य पूरा भैसकेको छ ।

# सामाजिक सेवाको क्षेत्रमा केही काम गर्ने मन छ, ठोस परिणाम आउने क्षेत्रमा समाजसेवा गर्नेछु ।

केकी अधिकारी, नायिका

# महिला हिंसाविरुद्ध अब बोल्ने मात्र होइन, आफैं सक्रिय भएर कार्य गर्नेछु ।

# सदैव राम्रो एवं असल मान्छे बन्ने प्रयत्न गर्नेछु, त्यसका लागि वर्ष २०७१ मा भएका गल्ती त्रुटिहरूलाई सच्याउँदै, त्यस्ता गल्ती दोहोर्‍याउने छैन ।

# गर्दै आएको कामलाई अझै स्तरीय ढंगले अघि बढाउनेछु । राम्रा प्रोजेक्ट छनौट गरेर काम गर्नेछु ।

अर्जुन घिमिरे "पाँडे", हास्यकलाकार

# भद्रगोल हास्यश्रृंखलालाई अझ स्तरीय बनाउँदै लानेछु । श्रृंखलामा अझै राम्रा चरित्रहरूलाई प्रवेश गराउनेछु । आफू पनि वर्ष २०७२ मा पाँडेका अतिरिक्त पृथक चरित्रमा देखापर्नेछु ।

# यो वर्ष हामी कमेडी चलचित्र निर्माण गर्दैछौं । यसको सम्पूर्ण तयारी पूरा भैसकेको छ ।

# नेपाल टेलिभिजनमा झैं अर्को टेलिभिजन च्यानलमा पनि नयाँ ट्रेन्ड र नयाँ पुस्ताले रुचाउने विषयमा हास्य टेलिश्रृंखला प्रसारणका निम्ति कार्य गर्नेछु, जसले नयाँ स्वाद पस्किनेछ ।

दयाहाङ राई, नायक

# वर्ष २०७२ मा कम्तीमा तीनवटा नाटक निर्देशन गर्नेछु । जसमध्ये एउटा कल्चरल ड्रामा हुनेछ । आफू हुर्किएको संस्कृतिमै आधारित उक्त सांस्कृतिक नाटकले टिपिकल नेपाली स्वाद पस्किनेछ ।

# वर्ष २०७२ मा मेरो टाइपकास्ट अर्थात छवि बदल्ने भूमिकामा देखापर्दैछु । यसले मेरो विगतको छवि परिवर्तन गर्नेछ । यसको सबै तयारी भैसकेको छ ।

# व्यस्तताका कारण साथीभाइ तथा परिवारलाई पर्याप्त समय दिन पाएको छैन, अब

सक्दो समय निकालेर आफन्तहरूसँग बिताउनेछु ।

खगेन्द्र लामिछाने, नायक/लेखक

# नयाँ वर्ष २०७२ मा मेरो लेखन, अभिनय तथा दीपेन्द्र के खनालको निर्देशनमा चलचित्र 'पशुपति प्रसाद' बनाउँदैछौं । स्त्रिmप्टको काम सम्पन्न भएको छ । यो चलचित्रलाई उत्कृष्ट बनाउन मेहनत गर्नेछु ।

# २०७२ मा मेरो कथासंग्रह पनि सार्वजनिक हुनेछ ।

# मैले स्याङ्जामा फार्म हाउस अर्थात् फार्म स्टे 'ओरेन्ज होम' निर्माण गरेको छु, जसलाई नयाँ वर्षदेखि सञ्चालनमा ल्याउनेछु । साहित्यकार तथा अन्य सर्जकलाई त्यहाँ बसेर सिर्जनाका लागि

उपयुक्त वातावरण बनाउन सक्रिय रहनेछु ।

प्रकाशित :वैशाख ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्