जित / हार

जित / हार

- सुविन भट्टराई

वैशाख ५, २०७२

एकपटक तनहुँको आँबुखैरेनीमा मलाई एउटा कार्यक्रमको प्रमुख अतिथिको हैसियतले निमन्त्रण गरियो ।

'सुविन दाइ ! तपाईं युवा मनको ढुकढुकी हुनुहुन्छ, जसरी पनि आइदिनुपर्‍यो ।' आयोजकको आग्रह ।

'कस्तो कार्यक्रम ?' मेरो स्वभाविक जिज्ञासा ।

कार्यक्रम थियो, जिल्लाव्यापी अन्तरविद्यालय म्याराथुन प्रतियोगिता ।

ओहो, युवाहरूको कार्यक्रममा म नजाने ? यो कहाँ हुन सक्थ्यो । म खुसीखुसी जान तयार भएँ । आवश्यक तयारी गरी कलंकी पुगेर एउटा हायस चढेँ । बेलुकीतिर आँबुखैरेनी पुगियो । पोखरा जाँदा हाइवेबाट झिलिक्क आँखाभरि टिपेर हिँड्ने दृश्य त्यस दिन झलमल्ल घामझैँ प्रतीत भैरहेको थियो । मास्तिर गोरखाको पहाड थियो । सानो तर सुन्दर अनि सफा आँबु खैरेनीलाई मैले यत्तिका दिनसम्म नदेखेर ठूलो मिस गरिरहेको रहेछु ।

पुग्नेबित्तिकै आयोजक साथीहरू गाडी लिएर चोकैमा आइपुगे । हामीलाई 'शान्ति' होटलमा लगेर बसाइयो ।

साँझ झमक्क परिसकेको थियो ।

केही बेर प|mेस भैसकेपछि आयोजक साथीहरू कोठैमा आए । तनहुँभरका विद्यालयबाट आइपुग्नुपर्ने विद्यार्थीहरू आइपुगिसकेका रहेछन् । केही बेर ओरियन्टेशसन क्लास हुने रहेछ ।

उक्त कार्यक्रम स्थानीय लियो क्लबको आयोजनामा हुन गैरहेको थियो । एकछिन भाषणबाजी अनि विद्यार्थीलाई दौड प्रतियोगितामा काम लाग्ने आवश्यक 'टिप्स' दिने काम भैसकेपछि हामी तीन-चार जना डिनरका लागि दरौँदीतिर लाग्यो ।

तनहुँ र गोरखाको सिमाना छुट्याउने पुल -गोरखा पुल) क्रस गरिसकेपछि म एउटा कुराबाट अचम्भित भैरहेँ । त्यहाँ प्रत्येक किलोमिटर अगाडि बढ्ने क्रममा ठाउँको नाउँ यसरी फेरिँदो रहेछ— जस्तो पुलबाट एक किलोमिटर परको ठाउँलाई एककिलो, दुई किलोमिटर परको ठाउँलाई दुईकिलो । एवं प्रकारले किलोमिटरको वृद्धिअनुसार ठाउँको नाउँ तोकिएको थियो— गोरखा नपुगुन्जेल ।

हाम्रो गन्तव्यचैँ गोरखाको मजुवा तीनकिलोमा थियो । अञ्जान अपरिचित ठाउँमा म एक किसिमले दिक्क पनि मानिरहेको थिएँ, तर दायाँपट्ट िदौडिरहेको दरौँदीले दिक्क लागिरहेको दिललाई दह्रो दिलासा दियो । कर्णपि्रय लागिरह्यो त्यो आवाज ।

गाडी ठ्याक्कै तीनकिलोमा रोकिएपछि हामी एक जना बूढा बाजेको होटलमा छिर्‍यौँ । दरौँदीको आवाज अझ गुन्जियो ।

खानपिन सकिएपछि हामी पुनः होटलमै फर्कियौँ । अर्को दिन बिहान सबेरै उठेर कार्यक्रमस्थलतिर जानु थियो ।

बिहानै उठेर प|mेस भैसकेपछि त्यही तनहुँ र गोरखाको सिमाना छुट्याउने पुलतिर गइयो । दौड त्यहीँबाट सुरु हुनेवाला थियो । जम्मा ७ किलोमिटरको म्याराथुन । सबका आँखामा जित्ने जोस थियो । भन्नलाई त कतिपय कार्यक्रमबाट मलाई निम्ता आउँदा युवाहरूलाई मोटिभेट गर्नुपर्‍यो भनेर निम्ता आउँछ, तर वास्तवमा भन्नुपर्दा यस्ता युवाहरूलाई देख्दा उल्टै म आफैँ पो मोटिभेट हुन्छु ।

मैले रिबन काटिदिएपछि केटाहरू दौडिए ।

जसै केटाहरू दौडिए, मेरा आँखाहरू पनि दृश्य देखिने ठाउँसम्म उनीहरूसँगै दौडिए । दिमाग आफ्नै दुनियाँमा दौडिन थाल्यो ।

सोचेँ, जहिलेदेखि जीवनमा सोच्न सक्ने भएँ, तबदेखि हामी आफैँ पनि दौडिरहेका छौँ । कोही गन्तव्य थाहा पाएर दौडिरहेको छौँ, कोही थाहै नपाई । हामीमध्ये कति त अरू पनि दौडिएका छन् भन्ने ख्याल राखेर देखासिकी गर्दै दौडिरहेका छौँ । हारौँ, जितौँ कि केही नहोउ“m, हामीले जीवनका स-साना कुरालाई इन्जोय नगरी दौडको हिस्सा बनाइरहेका छौँ ।

जित्ने प्रेसरमा हामी जिन्दगीका रमाइला कुराबाट हारिरहेका छौँ ।

त्यो दौडमा प्रथम केवल एक जना मात्र हुन्छ । स्कुल, कलेजमा पनि कक्षामा एकजना मात्र प्रथम हुने हो । म जितको विरोधी होइन तर जित्ने लोभमा हामी त्यो क्रियाकलापबाट पाउने आनन्द गुमाइरहेका छौँ । कुनै पनि क्रियाकलाप, चाहे त्यो खेल होस्, पढाइ होस् वा जीवनको अन्य कुनै पाटो होस् हामी त्यसमा सम्पूर्ण समर्पित भएर आनन्द मानेर लागिपर्‍यौँ भने त्यो नै सबैभन्दा ठूलो जित हो । तनावैतनाव लिएर जबरजस्ती जित्नुभन्दा आनन्द मानीमानी हार्नु नै पो ठीक हो कि ? आफ्नै आत्मासँग हारेर बाहिर देखिने जितको के अर्थ ? बाहिर टलक्क टल्किएको चीज आँखाका लागि मात्र राम्रो हो, तर सुन्दरता भन्ने चीज त्योभन्दा माथि छ । हामी आफूले मान्ने आनन्दका लागि हामीलाई कसैले ट्रफी दिँदैन । आफ्नो व्यक्तिगत सन्तुष्टिका लागि कसैले आएर मेडल लगाइदिँदैन । आनन्द मान्नु, खुसी हुनु कुनै प्रतिस्पर्धा होइन, जसका लागि कसैले हारजितको निक्र्यौल गरिदेओस् । सबैभन्दा धेरै खुसी हुनेलाई प्रथम पुरस्कार, अलिक कम खुसी हुनेलाई दोस्रो.... ।

हो, हामी जीवनमा एउटा मेडल, एउटा प्रमाणपत्र र केही थान बधाई ज्ञापनका लागि मात्र दौडिरहेका छौँ । दौडौँ प्रत्येक पैतालाको चाल महसुस गर्ने गरी । दौडौँ, बेस्सरी मुटु धड्काउने गरी । प्रत्येक सास फेराइमा एउटा अलौकिक ऊर्जा छिरोस् भन्दै दौडौँ । स्वस्थ शरीर र मस्तिष्कका लागि दौडौँ । केही पाउने लोभमा होइन । कहीँ पुग्नैपर्ने हतारोमा होइन । जीवन स्वयं एउटा दौड हो । के-का लागि दौडिने ? अब यो चाहिँ आफैँ फैसला गरौँ ।

 

www.facebook.com/subinbhattarai

समाजमा सकारात्मक योगदान दिएका व्यक्तिहरूका सम्बन्धमा गरिएको चर्चा राम्रो लाग्यो । (वर्षका बार्‍ह) आगामी अंकहरूमा पनि प्रभावशाली व्यक्तिहरूका बारेमा चर्चा गरियोस् ।

प्रबिन श्रेष्ठ

कलेजहरूले व्यवहारिक एवं प्रयोगात्मक शिक्षामा जोड दिनु आवश्यक छ । शिक्षालाई व्यापार मात्र बनाउनु भएन ।

बनिता थापा

हिरो अफ भ्वाइस-३ को उपाधि जितेकोमा स्वीकृति डाँगीलाई बधाई छ । -स्वीकृतिलाई सफलता)

सबिना काफ्ले, धरान

सेलिबि्रटीहरूको दाम्पत्य जीवन सफल होस् । -सेलिबि्रटी विवाहको धुम) छोटो समयमै ब्रेकअप भएको सुन्नु नपरोस् ।

कपिल विष्ट

प्रकाशित :वैशाख ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्