हेल्दी होममा करिश्मा

हेल्दी होममा करिश्मा

चैत्र २७, २०७१

सुन्दर अभिनेत्री करिश्मा मानन्धरले आफ्नो शरीर सधैं आकर्षक देखिन रहस्य खोलेकी छिन् । शुक्रबार महाराजगन्जमा आरोग्य हेल्दी होमको उद्घाटन गर्दै करिश्माले तौल घटाउने सरल उपायका सम्बन्धमा जानकारी गराएकी हुन् । विगत तीन वर्षदेखि हेल्दी होमको ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध करिश्माले शुक्रबारको समारोहमा मोटो शरीर भएका महिलाहरूका लागि हेल्दी होमको सेवा वरदान सावित हुने दाबी गरिन् ।

ब्रान्ड एम्बेसडरका रूपमा करिश्माले आरोग्य हेल्दी होममा शरीरको आवश्यकताभन्दा बढी बोसोलाई अल्ट्रासोनिकका साथै अन्य प्रविधिद्वारा मजास गरी शरीरको बोसोलाई माइक्रो सिस्टमबाट पगालेर सजिलै शरीरको तौल घटाउन सकिने बताइन् । उनका अनुसार हेल्दी होममा शरीरको हिप, थाई, पिँडुला, पेट, हात, पाखुरा, ब्रेस तथा अनुहारको सेपसमेत मिलाउन सकिन्छ । हेल्दी होमको पाँचौं शाखाको रिबन काट्दै करिश्माले पेटको धर्सा मेटाउन तथा चाउरीपन हटाउनसमेत हेल्दी होमको सेवा उपयुक्त रहेको बताइन् ।

समारोहमा आरोग्य हेल्दी होमकी निर्देशक तथा सिनियर फिजियोथेरापिष्ट डा. सुष्मिता ढकालले हेल्दी होमका सेवाका सम्बन्धमा जानकारी गराएकी थिइन् । आरोग्य हेल्दी होमका अध्यक्ष सुदीपकुमार रिमालको सभापतित्वमा सम्पन्न समारोहमा हेल्दी होमका सीईओ कृष्ण भण्डारीले बानेश्वर, बागबजार, नारायणघाट तथा बुटबलपछि हेल्दी होमको पाँचौं शाखा महाराजगन्जमा सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

प्रकाशित :चैत्र २७, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्