बाग्लुङ मेलामा शिव

बाग्लुङ मेलामा शिव

- प्रकाश बराल

चैत्र २१, २०७१

बाग्लुङमा आयोजित चैत्राष्टमी मेलाको अवसर पारेर गायक शिव परियारले स्थानीय बासिन्दाहरूलाई छमछमी नचाएका छन् । 'सुन्छु, तिमीले मलाई भुल्नै आँटेकी छौं रे', 'बेहोसपछि होसमा आउँदा क्या दामी भो' 'कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौं', 'मलाई जालैमा पार्‍यो फेसबुकले' जस्ता गीतमा वान्स मोरको लहर चलेपछि परियार दर्शकको चाहना पूरा गर्न बाध्य भएका थिए ।

थानेश्वर गौतम, पशुपति शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, गणेश पौडेल, हस्त केसी, पूर्ण परियार, सीता परियार आदिले पनि परियारलाई साथ दिंदै मेलाको वातावरणलाई संगीतमय बनाएका थिए । उक्त मेलामा बाग्लुङका स्थानीय गायक विष्णु खत्रीले आफ्ना लोक तथा झ्याउरे गीत प्रस्तुत गरे । चैतेदसैंको अवसरमा आयोजित यो मेला कलाकार तथा ग्रामीण बासिन्दाका उत्पादनको बजारका रूपमा चिनिन थालिएको छ । कलाकारको प्रस्तुतिकै कारण मेला अवधिभर झन्डै एक लाख दर्शक सहभागी भएको अनुमान छ ।

 

प्रकाशित :चैत्र २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्