कतै मेरो गर्भ त रहेन ?

कतै मेरो गर्भ त रहेन ?

- डा.बालकृष्ण साह

चैत्र २१, २०७१

म १९ वर्षकी भएँ । मेरो केटासाथीसँग यौनसम्पर्क भयो । हामीले गर्भनिरोधका लागि कन्डम प्रयोग गरेका थियौं, तर मलाई निकै डर लागिरहेको छ । कतै मेरो गर्भ त रहेन ? मैले गर्भ रहेको कसरी थाहा पाउने ?

सबु.

गर्भनिरोधका लागि कन्डम निकै प्रचलित अस्थायी साधन हो । यसले एचआईभीलगायत अन्य यौनरोगहरूबाट जोगाउने तथा अन्य कुनै नकारात्मक असर नपर्ने भएकाले यसलाई राम्रो गर्भनिरोधकका रूपमा लिइन्छ । यो ९४ देखि ९८ प्रतिसत सम्म प्रभावकारी छ । यसको प्रभावकारिता यसको उचित प्रयोगमा भर पर्छ । कन्डम राम्रोसँग प्रयोग नगरे फुट्न सक्छ । त्यस्तो अवस्थामा गर्भ रहन सक्छ । गर्भ रहे महिनावारी रोकिन्छ भने पिसाबको परीक्षण गरेर पनि गर्भ रहेनरहेको जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रकाशित :चैत्र २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्