युवती शेरेलाई एसएमएस गर्दै ।

युवती शेरेलाई एसएमएस गर्दै ।

चैत्र १३, २०७१

युवती शेरेलाई एसएमएस गर्दै ।

युवती : प्रिय तिम्रो भरमा म, तिम्रो भरमा कति बस्नु यो समाजको डरमा ? आउ बरु मलाई भेट्न मेरो घरमा !

शेरे युवतीलाई भेट्न जान्छ, तर

ढोकानेर युवतीको बाबुलाई देख्छ, अनि एसएमएस रिप्लाई गर्छ ।

शेरे : नझस्काऊ प्रिय, मेरो मुटुमा आलो घाउ छ, झ्यालबाट हेर प्रिय, आज तिमीलाई भेट्ने मेरो दाउ छ, ढोकाबाटै आउने थिएँ तर ढोकानेर तिम्रो बाउ छ !

युवती : खाने मुखलाई जुँगाले छेक्दैन, साँचो माया अमर हुन्छ कसैले मेट्न सक्दैन । झ्यालबाट किन ढोकाबाटै आऊ प्रिय, मेरो बाउले आँखा देख्दैन ।

फक्रेको छ यौवन देऊ या नदेऊ

म माग्छु यो जीवन देऊ या नदेऊ

माध्यम पर्याप्त छन् व्यक्त गर्न

सस्तो छ चुम्बन देऊ या नदेऊ

हट्नेछ पर्दा अवश्य एक दिन

चम्किलो गगन देऊ या नदेऊ

जहाँ म आफ्नो संसार देख्छु

तिम्रा ति नयन देऊ या नदेऊ

छ प्यास अनन्त ती अधरभरिमा

'याचवी'लाई तनमन देऊ या नदेऊ

फक्रेको छ यौवन देऊ या नदेऊ

म माग्छु यो जीवन देऊ या नदेऊ ।

पत्नी : (एसएमएस गर्दै) हेल्लो बेबी !

शेरे : (एसएमएस गर्दै) हेल्लो स्वीटहार्ट (एसएमएस सेन्डिङ फेल्ड)

पत्नी : (एसएमएस गर्दै) अहिले कहाँ छौ तिमी ?

शेरे : (एसएमएस गर्दै) म अफिसमा छु । (एसएमएस सेन्डिङ फेल्ड)

पत्नी : (एसएमएस गर्दै) के तिमी मसँग रिसाएका छौ कि अरू कुनै कुराले दु:खी छौ ? सायद तिमीले मलाई माया नै गर्दैनौ ।

शेरे : (एसएमएस गर्दै) स्वीटहार्ट, त्यस्तो केहि होइन के, आइ लभ यु सो मच (एसएमएस सेन्डिङ फेल्ड)

पत्नी : (एसएमएस गर्दै) अब धेरै भयो । म यो भन्दा धेरै सहन सक्दिनँ, अब देखि तिमी मसँग कुरा पनि नगर ।

शेरे : (एसएमएस गर्दै) त्यसो हो भने जा मर कुकुर्नी ! (एसएमएस सेन्ट सक्सेसफुल्ली)

म त सधैं मायामा हारेको मान्छे

झूटैझूटको कुराले तारेको मान्छे

सुन्दर फूलको बगैंचाझैं फुलाउने आशा

दोधारामा बातहरू सारेको मान्छे

जीवन जिउन गाह्रो हुन्छ, साथबिना एक्लो

बाध्यतामा भुमरीले, पारेको मान्छे

सम्झनाका यादहरू मायाको शेरमा

पल पल चाहनामा छाडेको मान्छे ।

मेरो बाबा र ममिको लभ परेको बेला बाबाले ५ किलोमिटर टाढाबाट फ्लाइङ किस दिँदा यता ममि लाजले भुतुक्क पर्नुहुन्थ्यो रे, जमाना धेरै अगाडि गएछ, हिजोआजका केटीलाई प्रिय म तिम्रो हातमा चुम्छु है भन्यो भने जवाफ यस्तो पाइन्छ : 'तँलाई मुर्दा, के मेरो ओठमा विष लागेको छ र ?

सम्झनामा एउटा चिनो, थमाएर गइन्

नमेटिने याद कहिले, जमाएर गइन्

दुई दिनको जिन्दगी हो, हाँसेर नै जिउनुपर्छ

नजिक आयो हात मेरो, समाएर गइन्

जीन्दगी त छोटो भयो, चाहना छ धेरै

सबै खुसी मलाई छाडी रमाएर गइन्

बाध्यता नि कस्तो-कस्तो, आफैंसँग हार्नुपर्ने

सधैं मनमा मीठो नाम, कमाएर गइन् ।

शेरेले एउटी सुन्दर युवती पुलबाट हाम्फालेर मर्न लागेको देखेछ र नजिकै गएर भनेछ :

शेरे : तिमी मर्नुअघि मलाई एक किस देऊ न (केटीले शेरेको प्रस्ताव स्वीकार गरेर किस गरिछे)

शेरे : तिम्रो किस मलाई सबैभन्दा बेस्ट लाग्यो । अनि भन त तिमी किन मर्न लागेको ?

केटी : हेर्नुस् न, मेरो परिवारमा मैले केटीको लुगा लगाको कसैले मन पराउँदैन भन्या ।

 

पिसिओमा एउटा मान्छे धेरै बेरदेखि फोनको रिसिभर समातेर उभिरहेको थियो । केही बोलेको थिएन । बाहिर बसेको एउटा मान्छेलाई खपिनसक्नुको रिस उठेछ र भित्र गएर भनेछ : 'के हो दाइ ? अरूको पनि महत्त्वपूर्ण काम हुन्छ नि, तपाईंचाहि काम नपाएर रिसिभर उठाएर बस्ने ?'

फोन समाउने मान्छे : यार, म आफ्नी श्रीमतीसँग कुरा गर्दैछु,

(मोरल : श्रीमतीले आफूमात्र बोल्छन्, श्रीमान्लाई बोल्ने मौका नै दिँदैनन् ।)

शेरेको विवाह भएको ३ महिनामै छोरो जन्मिएछ ।

शेरे : अरे यार ! ३ महिनामै कसरी छोरा भयो ?

श्रीमती : तपाईंको विवाह भएको कति भयो ?

शेरे : ३ महिना ।

श्रीमती : अनि मेरो विवाह भएको कति भयो ?

शेरे : ३ महिना ।

श्रीमती : छोरा कति महिनामा भयो ?

शेरे : ३ महिनामा ।

श्रीमती : सबै गरेर कति महिना भयो ?

शेरे : ९ महिना ।

श्रीमती : अनि के त ? गणितमा त तपाईं कमजोर है ?

शेरे : ओहो, यार हो त है ! नौ महिना गैसकेछ, कस्तो समय गा'को त पत्तै नभा'को ।

सपनीमा आउनु तिमी एसएमएस बनेर

बिपनीमा आउनु तिमी मिसकल बनेर

ढुकढुकीमा आउनु तिमी, ब्यालेन्स बनेर

तर धोका नदिनु है मलाई, खराब नेटवर्क बनेर ।

मैले भने तिम्रा दुई हात देऊ

मन शान्त नभएसम्म मीठा-मीठा बात देऊ

हुरी नथामिन्जेलसम्म, एकछिन साथ देऊ

तिमीले भन्यौ हातमा के छ र मित्र

मेरा कुरा तिमीलाई लाग्लान् बडो विचित्र

सक्छौ भने खोज संसार, मेरो पैतालाको धूलोभित्र

मैले धूलो नै टिपेर हालें कमिजको खल्तीमा

मलाई अफसोच थिएन, यहाँको चलनचल्तीमा

गद्गद थिए म, मेरो मीठो गल्तीमा

धुलो दिएर उनी लागिन्

पश्चिमको सुनौलो यात्रामा ।

०००

केटा र केटी एउटा रेस्टुराँमा

केटा : आई लभ यू डियर

केटी : आई डन्ट लभ यू

केटा : फेरी एकपटक सोच ।

केटी : मैले भनिसकें त, नो, नो एन्ड नो

केटा : वेटर, छुट्टा-छुट्टै बिल ल्याऊ है

केटी : ओके, ओके, आई लभ यु टु ।

०००

शेरे : यो अन्धोलाई केहि दिनुस् हजुर

तक्मे : हाउ लाखे झुसे, म कसरी मानूँ कि तँ अन्धो होस् भनेर ?

शेरे : त्यो पीपलको रूख देखिएको छ नि ?

तक्मे : लाखे झुसे त्यति छेउमा भा'को रूख पनि देखिँदैन क्या हो, साफ देखिएको छ ।

शेरे : तर मैले देखेको छैन नि !

०००

जाडो अत्यधिक भएपछि शेरेले गाएको गीत

उध्रेको सिरक छ है, तैपनि ओढिन्छ,

फाटेको तन्नामाथि बङ्लङ्ग लडिन्छ,

यस्तो मीठो न्यानो निन्द्रा अन्त कहाँ पाइन्छ,

दिउँसो होस कि राति होस्, फर्की-फर्की आइन्छ ।

जाडो बढेर बा..लै भो र झन. मज्जाले सुतिन्छ !

ओच्छ्यानमै घाम आएसी बल्ल-बल्ल उठिन्छ ।

०००

शेरेले क्लासमा बसेका बेला एउटा फेसबुक स्टाटस लेखेछ, 'म स्कुलमा छु ।'

सबैभन्दा पहिले सरले कमेन्ट गरेछ, सरले लेखेछ : 'तँलाइ लाज लाग्दैन, क्लासमा फेसबुक चलाउन ?'

अर्को कमेन्ट प्रिन्सिपलले गरेछ : 'निक्ली मेरो स्कुलबाट ।'

अर्को कमेन्ट बाउको आएछ : 'नालायक, तँ घर त आइज, मैले जान्या छु ।'

आमाले कमेन्ट गरिन् : 'पढ्नु छैन भने जा बजारबाट सब्जी लिएर आइज ।'

फेरि गर्लफ्रेन्डको कमेन्ट आएछ : 'तिमीले मलाई धोका दियौ, हजुरआमा हस्पिटलमा मर्न आँटिन् भनेर मसँग भेट्न नआएको होइन ?'

लास्टको कमेन्ट पढेर चाहिँ शेरे नै बेहोस भएछ,

हजुरआमाको कमेन्ट थियो : 'पख कुकुर, मलाई मर्न लागेको भन्न तँलाई लाज लाग्दैन ?'

०००

यथार्थ

साइकल चढ्ने, मोटरसाइकल देखेर दु:खी हुन्छ

मोटरसाइकल चढ्ने कार चढ्ने देखेर दु:खी हुन्छ

कार चढ्ने, अर्को कसैलाई देखेर दु:खी हुन्छ

छाप्रोमा बस्ने महल देखेर दु:खी हुन्छ

महलमा बस्ने रातभर निन्द्रा नलागेर दु:खी हुन्छ

यो संसार नै भ्रमको जालो हो, त्यसैले यहाँ धेरै

मान्छे दु:खी छन् ।

र यो संसारमा सुखी त्यही हो

जसले दु:खलाई आत्मसात् गर्छ, दुख त तिम्रो साथी हो

यसलाई अँगालोमा बाँध,

अनि हेर जिन्दगी कति रमाइलो छ !!!

०००

हातमा घडि बाँधेर, मोबाइलमा टाइम हेर्नु

होटलमा खाजा खाने भनेपछि मम र चाउमिन मात्र अर्डर दिनु

टिभीको रिमोट चलेन भने भित्तामा ठाकठुक पार्नु

अझै भएन भने दुईवटै ब्याट्री झिकेर

टोकेर फेरि लगाउनु

तर नयाँ ब्याट्रीचाहिँ कहिल्यै नलगाउनु

स्याम्पु सकियो तर बट्टामा पानी हालेर

अन्तिम पटक नुहाएर मात्र त्यो बट्टा फ्याँक्नु

कसैको घरमा डिनर गर्न बोलाएको छ भने,

दिनभर केही नखाई भोकै बस्नु, बेलुका टन्नै खानलाई

टुथ ब्रस दाँत माझ्न नमिल्ने हुँदा पनि नफ्याँकी

प्रेसर कुकरको सिट्ठी माँझ्न साइडमा राखिराख्नु

नै पक्का नेपाली हुनु हो ।

०००

शेरे चोकमा बसेर केटी जिस्क्याइरहेको थियो ।

झलक दिखलाजा.... झलक दिखलाजा...

केटी पनि झन् के कम, स्यान्डल उचालेर शेरेलाई ताक्दै,

केटी : एकबार आजा... आजा...आजा...आजा...आजा...आजा

(भन्दै शेरेलाई एक झापड दिइहाली)

शेरे : (रिसाउँदै) किन झापड हानेको, खासमा मैले गाना गाएको हो, तिमीलाई जिस्क्याएको होइन ।

केटी : तिमीले जिस्क्यायौ भनेर कहाँ झापड हानेको हो त ? तिम्रो टिसर्टमा हिट मि लेखेको रै'छ र पो हानेको त ...

शेरेको पालो पनि च्याप्प पक्रिएर केटीलाई किस गरेछ ।

केटी : (रिसले थर्काउँदै) गधा, मर्न नसकेको स्याल, किन किस गरिस् मलाई ?

शेरे : (हाँस्दै) नरिसाऊ न, तिम्रो टिसर्टमा पनि किस मी लेखेको छ र पो गरेको त ।

केटी : (रिसले) तँ गइहाल, यहाँबाट खुरुक्क, राइट नाउ गो....

शेरे : ओके ओके, तर प्लिज तपाईंको फोन नम्बर दिनु न कति हो ?

केटी : छैन फोनसोन ।

शेरे : (एकछिन सोच्दै बस्छ र फेरि भन्छ) तपाईंको फोन नम्बर कति हो प्लिज ?

केटी : फोन छैन भनेको सुनिनस्, फेरि सोधिस् भने हम्बरले तेरो टाउकोसाउको फुटाइदिन्छु नि ...

शेरे : तपाईंसँग हम्बर छ ?

केटी : छैन ।

शेरे : ए, त्यसो भए तपाईंको फोन नम्बर कति हो ? प्लिज, भन्नु न ।

०००

सेनामा काम गर्ने ज्वाइँलाई सासूले चिठी लेखिछन् ।

ज्वाइँ सा'ब, नमस्कार !

कुरा के हो भने, तपाईं यो सालचाहिँ जसरी पनि छुट्टी मिलाएर आउनुपर्‍यो, यहाँ मेरी छोरी दिनरात तपाईंको पर्खाइमा बसेकी छे, तपाइर्ं पो त्यहाँ रमाइलो गर्दै बस्नुभएको होला, यहाँ त मेरी छोरी एक्लै तड्पिएर बसेकी छे । अबचाहिँ कुनै पनि बहाना नगरी तुरुन्त छुट्टी मिलाएर आउनुपर्‍यो ।

ज्वाइँले सासूको चिठीको उत्तर पठाएछ :

आदरणीय सासू, तपाईलाई पनि मेरो नमस्कार ।

छोरीलाई सम्झाउन सकिन्छ भने सम्झाउनुहोला, सम्झाउन सक्नुहुन्न भने मैले यो चिठी ल्याउने डाकलाई एउटा बम नामक सामान पठाइदिएको छु, कुनै एकान्त स्थलमा गएर स्विच थिच्नुहोला, त्यसपछि मलाई स्वभाविक रूपमै ३ दिनको छुट्टी मिल्नेछ ।

उही ज्वाइँ....

०००

एउटा बूढो मान्छेसँग शेरेले बुबा कति बज्यो भनेर सोधेछ ?

बूढो मान्छे : हेर बाबु, म तिमीलाई समय त बताइदिने थिए तर समस्या छ, समय बताउन ।

शेरे : कस्तो समस्या ?

बुढो मान्छे : आज मैले तिमीलाई समय बताए भने दैवसन्जोग फेरि हाम्रो भेट होला कहीं-कतै, अनि तिमीले ओह ! हो, त्यो त मलाई समय बताइदिने मान्छे हो भनेर नजिक आएर बोलौला, अनि परिचय पनि होला हाम्रो । फेरि कुनै दिन तिमी मेरो घरको बाटो कतै हिँडौला, अनि मेरो याद आउला, ओहो त्यो मान्छेको घर त, यही टोलमा हो भनेर घरसम्म पनि आउला, अब घर आएको मान्छेलाई चिया-पानी पनि सोध्नु नै पर्‍यो, मेरी छोरीले चिया पानी लिएर आउली, तिमीहरू बीचमा पनि परिचय होला, तिमी पनि जवान केटा, मेरी छोरी पनि जवान केटी, आपसमा सम्बन्ध बढ्दै जाला, दिनदिनै फोनमा कुरा पनि होला, माया प्रेम होला र तिमीले मेरी छोरीको हात माग्न मेरो घर पनि आउला तर ???

शेरे : तर के ?

बूढो मान्छे : तर यो जमानामा एउटा हातमा घडी पनि नहुने तिमी जस्तो कंगाललाई म आफ्नी छोरी दिन्नँ, त्यसैले म अहिले समय पनि बताउन सक्दिनँ ।

०००

एकदिन शेरेकी स्वास्नी बेहोस भई, डाक्टरले भन्यो : उहाँ मरिसक्नुभयो ।

जब जलाउन लगियो, शेरेको स्वास्नीले उठेर भनी : म जिउँदै छु ।

त्यसपछि शेरेले भन्यो : चुपचाप सुतिराख्, डाक्टरभन्दा जान्ने हुन्छेस् ?

०००

एउटा केटाले आफ्नी छोरीलाई बाइकमा घरसम्म छोड्न आएको देखेपछि ।

आमा : को हो त्यो तँलाई बाइकमा घर पुर्‍याउन आउने ?

छोरी : जस्ट साथी मात्र हो ।

आमा : हामीले पनि दुनियाँ देखेका छौं छोरी, दुई लिटर पेट्रोल खर्च गरेर घरसम्म छोड्न आउने केटा जस्ट साथीमात्र हुँदैन ।

०००

अदालतमा शेरे र श्रीमतीको कुरा,

शेरे : म आफ्नी श्रीमतीसँग खुसी छैन, मलाई डिभोर्स दिलाइदिनुपर्‍यो

वकिल : के यो कुरा साँचो हो ?

श्रीमती : खोइ ? अब टोलका सबै केटाहरू त मसँग खुसी नै छन् । उहाँलाई मात्र के समस्या छ कुन्नि ?

प्रकाशित :चैत्र १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्