बेगनासमा माछा महोत्सव

बेगनासमा माछा महोत्सव

- शिव शर्मा

फाल्गुन २९, २०७१

सात तालको बगैंचा सहर लेखनाथमा चार दिनसम्म बेगनास माछा महोत्सवको रौनक देखियो । बेगनास तालको आडैमा आयोजित महोत्सवमा माछाको स्वादसँगै दर्शकले सांगीतिक कार्यक्रमको मज्जा पनि लिए । पहिलेा पटक लेखनाथ होटल तथा रेस्टुराँ एसोसियसनको आयोजनामा सञ्चालित महोत्सवमा माछाका परिकार चाख्नेहरूको हानथाप देखियो ।

स्वाद फेर्नेदेखि तालबाटै निकालिएको आलो माछा किन्नेहरूको भीड थेग्नै नसक्ने थियो । महोत्सवमा माछाको मम, फ्राइ, गे्रबी र ब्लायलसहित सात प्रकारका परिकारको स्वाद लिन पाइने व्यवस्था थियो । महोत्सवमा नैनी र भ्याकुर माछाको माग अधिक रह्यो ।

'बेगनास जाऔं माछाका परिकारमा रमाऔं' भन्ने नारासहित महोत्सवको उद्घाटन तालमा माछाका भुरा छाडेर गरिएका थियो । महिला तथा पुरुष खुला डुंगा दौड प्रतियोगिता, विभिन्न परिकारका स्टलहरू, मह तथा कफी प्रदर्शनी, जडीबुटी प्रदर्शनी, पप कन्सर्ट, चिडियाघरसँगै लोकदोहोरी महोत्सवका आकर्षण थिए । बेगनासताल बसपार्कदेखि मन्धरेपार्कसम्म एक किलोमिटरको क्षेत्रसम्म सञ्चालित महोत्सवमा ३० वटा स्टल राखिएका थिए ।

 

प्रकाशित :फाल्गुन २९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्