खेलाडी नायिका

खेलाडी नायिका

फाल्गुन २९, २०७१

क्विन र द सौकिन्सजस्ता चलचित्रमा अभिनय गरिसकेकी लिसा हेडनलाई अधिकांशले 'हट- इमेज' का कारण सम्झन्छन् । लिसाका अनुसार उनको यो हटनेस कायम राख्न भने त्यति सजिलो छैन । यो कठिन मेहनतका कारण मात्र सम्भव भएको हो । हालै मुम्बईमा एक उत्पादनको प्रवर्द्धन कार्यक्रममा उनले आफ्नो पर्सनालिटीका केही रहस्य सार्वजनिक गरिन् । फिटनेस कायम राख्न लिसा अत्यधिक दौडन्छिन् भन्ने कुरा सोही कार्यक्रममा धेरैले जानकारी पाए । लिसा आकर्षक शरीर बनाउन पार्कमा जगिङ गर्छिन् भन्ने होइन, तर राम्रो दौडिने भएकाले केही म्याराथन प्रतिस्पर्धामा पनि लिसाले सहभागिता जनाइसकेकी छिन् । हालै मुम्बई म्याराथनमा लिसा ११ औं स्थानमा दौड तय गर्ने खेलाडी थिइन् । ११ वर्षको उमेरदेखि दौडिएकी लिसा वल्र्ड म्याराथनमा दौड्ने महत्त्वाकांक्षा राख्छिन् ।

भ्रमणमा किम कार्दशिन

चर्चित सेलिब्रेटी किम कार्दशिनले फ्यामिली होलिडेका लागि मोन्टेनाको हिमाली क्षेत्र रोजेकी छिन् । यो यात्रामा उनका साथमा छोरी नर्थ र दुई बहिनी सहभागी थिए । किमका निकट पुरुषमित्र जोनेथन चेबनलाई पनि यात्रामा समेटिएको थियो । जोनेथन द डिस डटकमका फाउन्डर हुन् । प्राप्त जानकारीअनुसार किमले जोनेथनकै बर्थ डेका लागि उक्त होलिडे प्लान गरेकी थिइन् । यो रोमाञ्चक यात्राका क्रममा किमले छोरीका साथ स्किइङ गरेकी थिइन् । कालो कलरको स्की ज्याकेट लगाएर स्किइङ गरेकी किमले स्किइङ गर्न खुबै डर लाग्ने बताएकी थिइन्, तर पहिलो पटकमै उनले लामो समयसम्म स्किइङ गरिन् ।

लडिन म्याडोना

ब्रिट्स एवार्डमा प्रस्तुति दिइरहेकै बेला लोकप्रिय पप स्टार म्याडोना स्टेजमै लडिन् । स्टेजमा धमाकेदार प्रस्तुति दिइरहेकै बेला सहकलाकार साथीले म्याडोनाको ड्रेस कुल्चिएपछि उनी अचानक सन्तुलन गुमाउँदै लडेकी थिइन् । स्टेजमा पछारिए पनि कुशल प्रस्तोताका रूपमा म्याडोनाले पर्फमेन्स रोकिनन् । बरु जुरुक्क उठेर पर्फम दिन थालिन् । स्टेज म्यानेजमेन्ट टिम पनि उनी लडेपछि के गर्ने भनेर हडबडिएको थियो, तर स्थितिलाई स्वयं म्याडोनाले सम्हालिन् । म्याडोना लडेको खबरले उनका प्रशंसकहरू चिन्तित भएका थिए । म्याडोनाले टि्वट गरिन्-'परर्फम गरिरहेकै बेला मेरो ब्युटिफुल केपले गडबड गरिदियो, तर म बिलकुल ठीक छु, मलाई कुनै कुराले रोक्न सक्दैन, चिन्ता जाहेर गर्नुभएकोमा समस्त प्रशंसकप्रति आभारी छु ।'

प्रकाशित :फाल्गुन २९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्