नेपालमा एमटिभी रोडिज

नेपालमा एमटिभी रोडिज

फाल्गुन १५, २०७१

बलिउड स्टार इशा देवलले पाँच दिन पोखरामा बिताइन् । उक्त अवधिमा उनी पूरै सुटिङमै व्यस्त भइन् । रियालिटी शो 'एमटिभी रोडिज' को सुटिङका लागि इशासहितको टोली पोखरा पुगेको थियो । निर्माण समुहले सुटिङको दृश्य शो अनएयर हुनुअघि मिडियामा प्रसारण एवं प्रकाशन गर्न नचाहेको बताए ।

 उक्त छायांकन टोलीमा भारतलाई ओलिम्पकमा पदक दिलाउने विजेन्द्र सिंह, टिभी एक्टर करण कुन्द्रा तथा भिजे वाणी पनि थिए । प्रतिस्पर्धीहरू १६ वटा मोटरबाइक लिएर आएका थिए । युरोप, अमेरिकालगायतका सहरमा सुटिङ भैसकेको शोको यो १२ औं संस्करणका लागि नेपाललाई रोजिएको होे । नेपालका लुम्बिनी, काठमाडांै र पोखरा एमटिभी रोडिजको रोजाइमा पर्‍यो । यो रियालिटी शो युवापुस्ता माझ लोकप्रिय छ ।

प्रकाशित :फाल्गुन १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्