
तेरिया साँझमा झुम्यो बुटवल
फाल्गुन १५, २०७१
डिआईडी लिटिल मास्टर्स-३ विजेता तेरिया मगरले गृह जिल्लामा आफ्ना प्रशंसकहरूलाई झुमाएकी छिन् । डिआईडी लिटिल मास्टर्स विजेता बनेपछि बुटवलमा पहिलो पटक गएको बिहीबार साँझ आयोजित 'तेरिया साँझ' मा उनले एउटा नेपाली तथा २ वटा हिन्दी गीतमा नृत्य प्रस्तुत गरेर सहभागी दर्शकहरूलाई झुमाइन् । उक्त अवसरमा तेरियाले आफ्ना नृत्य गुरु मुकेश गुरुङसहित सामूहिक नृत्यमार्फत सुरुमै वान्स मोरको लामो हुटिङ पाइन् । दोस्रो प्रस्तुतिस्वरूप तेरियाले हिन्दी गीत 'पार्टी अन नाइट'मा नृत्य गरिन् । प्रस्तुतिको अन्तमा लेहंगा र चोलीमा सजिएर तेरियाले हिन्दी गीत माधुरी मिक्समा एकल नृत्य प्रस्तुत गर्दै दर्शकबाट पुन: वाहवाही बटुलिन् । बागेश्वरी संगीतालय तथा ४ वटा लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पप गायिका आस्था बीले युवाहरूलाई तताइन् भने नेपाली ताराका टप टेन प्रतिस्पर्धी विशाल आत्रेय, प्रदर्शनी आइडलहरू रिता पुन, सन्तोष राना, प्रेम नेपाली तथा सरिता पन्थी आदिले गीत प्रस्तुत गरेका थिए ।
प्रकाशित :फाल्गुन १५, २०७१

















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्