Teej banner
रनवे रोमान्समा सेलिब्रेटी जोडी

रनवे रोमान्समा सेलिब्रेटी जोडी

फाल्गुन ८, २०७१

अभिनेत्री झरना थापा र उनका चलचित्र निर्माता श्रीमान् सुनिलकुमार थापा, फेसन डिजाइनर विश्व गौतम र उनकी जीवनसंगिनी अनिता लामिछाने, अभिनेता दिलीप रायमाझी र उनकी जीवनसंगिनी मञ्जु रायमाझी, अभिनेत्री मेलिना मानन्धर र उनका अभिनेता पति मुकेश ढकाल, अभिनेत्री नीता ढुंगाना र उनका प्रेमी अभिनेता आमेश भण्डारी र साप्ताहिक एवं नारीका प्रधान सम्पादक सुवास ढकाल र उनकी जीवनसंगिनी जानुका ढकाल- ६ रियल लाइफ सेलिब्रेटी जोडीको र्‍याम्पमाथि देखिएको रोमान्टिक अन्दाजसहितको हाइलाइट थियो— गएको शनिबार प्रणय दिवसको रोमान्टिक परिवेशमा सम्पन्न 'भ्यालेन्टाइन डे रनवे रोमान्स' शीर्षकको फेसन कार्यक्रमको। डिजाइनर रोजिना श्रेष्ठको कायरा बुटिकले आयोजना गरेको उक्त कार्यक्रमको पहिलो चरणमा किड्स फेसन शो र मोडलहरूको फेसन शो तथा केही नृत्य प्रस्तुत गरिएको थियो। भ्यालेन्टाइन अन्दाजमै दुई दर्जनभन्दा बढी युवायुवतीहरूले र्‍याम्प नापेका थिए जसमा गाउन, लेहेंगा, साडी, ब्लेजर, हुडेड निटवेयर, शेरवानी, सुट आदि पहिरन प्रदर्शन गरिए। सोही अवसरमा फागुन १५ गते प्रदर्शन मिति तय भएको चलचित्र 'अझै पनि' को लिड कास्ट सुदर्शन थापा र पूजा शर्मा तथा पुष्प खड्का र सुरक्षा पन्तले र्‍याम्पमा रोमान्टिक मुड प्रस्तुत गरेका थिए।

प्रकाशित :फाल्गुन ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्