छोरीसँग केटी

छोरीसँग केटी

फाल्गुन ८, २०७१

अमेरिकन नायिका एवं मोडल केटी होम्सकी छोरीले चाँडै नै नौ वर्ष पूरा गर्दैछिन्। यो कुरा आफ्ना प्रशंसकहरूलाई जानकारी गराउन हालैमात्र केटीले छोरी र आफ्नो तस्बिर इन्स्ट्राग्राममा अपलोड गरिन्। छोरी सुरी टमक्रुज र केटीकी एकमात्र सन्तान हुन्।

सन् २०१२ मा टम र केटी अलग भएपछि सुरीको पालनपोषणको जिम्मेवारी केटीले लिएकी थिइन्। इन्स्टाग्राममा तस्बिर राख्दै केटीले लेखेकि छिन्— छोरी सोचेभन्दा छिटो हुर्किरहेकी छिन्। क्यालिफोर्नियामा बस्न रुचाउने छोरी सुरी सानो उमेरमै पनि फेसन स्टाइलका कारण चर्चामा छिन्। केटीले छोरी सुरीसँगको जीवनयात्रा एकदमै सन्तोषजनक रहेको बताएकी छिन्। उनले भनेकी छिन्- 'समय पनि थाहै नपाई बित्दो रहेछ।'

मुरको सौन्दर्य परिभाषा

हलिउड एक्टे्रस जुलियाना मुरले सौन्दर्यको परिभाषा दिँदै व्यक्तिको सुन्दरता स्वयं उसको लुक्समा निर्भर नहुने कुरा बताएकी छिन्। मुरका अनुसार सुन्दरता आफूले निर्धारण गर्ने नभै अरूले मूल्यांकन गर्ने विषय हो। मानिसको हेर्ने आँखाले कसैलाई कस्तो देख्छ भन्ने कुरा मुख्य हो। हाम्रो धारणाले व्यक्तिको सौन्दर्यको परिभाषा गरिरहेको हुन्छ। जुलियाना भन्छिन्- 'जब म १६ वर्षकी थिएँ, त्यो समयमा चस्मा लगाउँथे, त्यतिबेला मेरा क्लासमेटहरू मलाई सुन्दर मान्दैनथे, तर मैले चस्मा हटाएर लेन्स प्रयोग गर्न थालेपछि परिणाम ठीक उल्टो आयो।' मुर भन्छिन्- मानिसहरू अरूको गेटअप हेरेर धारणा बनाइरहेका हुन्छन्।

माइलीको रस

चर्चित गायिका माइली सायरसको पाल्तू जनावरप्रतिको क्रेज अचम्मको छ। खासमा उनले एउटा पटरफिस पालेकी थिइन्, दुर्भाग्यवश त्यो केही दिन अघि मर्‍यो। उक्त माछासँगको गहिरो सम्बन्धलाई उजागर गर्न माइलीले हातमा त्यसको ट्याटु नै कुदिन्। आफ्नो उक्त ट्याटुसहितको तस्बिर उनले इन्स्टाग्राममा पोस्ट गरेकी छिन्। यसभन्दा अघि माइलीले आफ्नो शरीरमा कुकुरको ट्याटु बनाइसकेकी छिन्। त्यसका अतिरिक्त माइलीले एउटा बिरालो र हजुरआमाको ट्याटु पनि बनाएकी छिन्। स्मरण रहोस्, उनले लियानार्दो दा भिन्चीको एक ड्रइङ मन पराएर त्यसको ट्याटु पनि आफ्नो शरीरमा कुँदाएकी थिइन्।

प्रकाशित :फाल्गुन ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्