प्रेम शरीरका लागि गरिएको हो

प्रेम शरीरका लागि गरिएको हो

फाल्गुन ८, २०७१

प्रेम शरीरका लागि गरिएको हो कि आत्माबाट गरिएको हो, बुझ्नु आवश्यक छ। (प्रेम पाप हो भने संसारमा पुण्य भन्ने कुरा छैन, फागुन १) प्रेमको परिभाषा कसले दिन सक्छ र?

      - सिमजोङ गोंग्बा

प्रेमका सम्बन्धमा सबैका आ-आफ्नै दृष्टिकोण हुन्छन्। (प्रेम पाप हो भने संसारमा पुण्य भन्ने कुरा छैन, फागुन १) सबैको मान्यता, दृष्टिकोण फरक-फरक हुन्छ।

      - प्रतिभा बराल

बधाई छ नीताजी। (तिमी हुन्छ भन, भोलि नै विवाह गर्छु, फागुन १) तपाईंहरूको जीवन सुखमय रहोस्।

      - इन्द्र राई

फेसबुक फन्डा पढेपछि हाँसो थाम्न सकिएन। (फेसबुक फन्डा, फागुन १) रमाइलो लाग्यो।

      - कमल महतो, सुमन खत्री

अचम्मको चलन रहेछ? (यौन जिज्ञासा र समाधान, अग्रचर्म भनेको के हो, फागुन १) म त छक्कै परें।

      - सुनिता न्यौपाने

माया भ्यालेन्टाइन डेको दिन मात्र हुने हो र? (प्रेममा खेलाडीहरू, फागुन १) अरू दिनचाहिँ हुँदैन?

      - पारु खड्का

यो भ्यालेन्टाइनको प्रभाव फेसबुक, टि्वटरजस्ता सोसल मिडियामा बढी देखिन्छ। (खुल्लमखुल्ला प्रेम, फागुन १) ।

      - राजु खड्का

भ्यालेन्टाइन अंक पढियो। प्राथमिकता दिनुपर्ने अरू थुप्रै विषय छन्। यो भ्यालेन्टाइन्स डे खासै चासोको विषय होइन।

      - ज्ञानराज

हिजोआज किन यी वाहियात दिवसहरू मनाइन्छन् हँ? (तथ्य र अनुभूतिहरू, भ्यालेन्टाइन डे, फागुन १) माया गर्न पनि कुनै दिन, बार, तिथि चाहिन्छ र?

      - दिप्त प्रकाश

साप्ताहिकको भ्यालेन्टाइन डे स्पेसल अंक राम्रो लाग्यो।

      - लेखराज भट्टराई

रेखा शाहको यो म्युजिक भिडियो पनि चर्चामा आउनेछ। (जन्मदिनमा सिमसिमे पानी, फागुन १) शुभकामना।

      - सुमिर परियार

सरुभक्तका कविता हृदयस्पर्शी लागे। (सरुभक्तका कविताहरू, फागुन १) ।

      - देवी पौडेल

प्रकाशित :फाल्गुन ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्