मिरांडाको बिजनेस

मिरांडाको बिजनेस

माघ २३, २०७१

तेडलभन्दा पनि बिजनेस वुमनका रूपमा परिचय बनाउँदै गएकी मिरांडा केरले यो वर्ष आफ्नो विजनेस लाईनलाई थप बढाउने भएकी छिन् । गतवर्ष रिबोक, एचएन्डएमजस्ता विश्वचर्चित ब्रान्डसँग डिल गरेकी मिरांडाले यो वर्ष क्राकरी ब्रान्ड 'रोयल एल्बर्ट' का नयाँ उत्पादनमा सहकार्य गर्दैछिन् । सिल्भरवेयर, ग्लासवेयर तथा अन्य आकर्षक गिफ्ट आइटमका निम्ति उनले रोयल एल्बर्टसँग डिल गर्न लागेकी हुन् । सामान्य टी कलेक्सनबाट प्रारम्भ भएको उनको व्यवसायले अहिले बृहत स्वरूप लिएको छ । मिरान्डाका अनुसार उनी आफुले पाइरहेको अवसरका कारण सन्तुष्ट छिन् ।

अधिकारका कुरा

बेलायती नायिका एम्मा वाट्सनले लैंगिक समानताका लागि नयाँ क्याम्पेन प्रारम्भ गरेकी छिन् । उनले एक अपिलमार्फत पुरुषहरूसमक्ष आफ्ना श्रीमतीको सपना पूरा गरिदिन तथा व्यवसाय वा अन्य आयमूलक कार्यमा बराबरीको हिस्सा उपलब्ध गराउन आग्रह गरेकी हुन् । एम्माले उक्त आग्रह संयुक्त राष्ट्रसंघकी 'महिला सद्भावना राजदूत' भएका कारण वल्र्ड इकोनोमिक फोरमको मिटिङमा गरेकी थिइन् । एम्माले भनिन्- 'सेप्टेम्बरमा सुरु भएको 'हिफारसी' क्याम्पेनमा हिलारी क्लिन्टन, प्रिन्स ह्यारीजस्ता सेलिब्रेटी पनि सरिक हुँदै छन् ।' उक्त अवसरमा एम्माले लैंगिक समानताका लागि एकवर्षे पाइलट प्रोजेक्टसमेत लन्च गरेकी थिइन् ।

प्रकाशित :माघ २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्