रुद्राक्षको माला

रुद्राक्षको माला

माघ १६, २०७१-

हिन्दु धर्मावलम्बीहरूले भगवान् शिवको प्रतीकका रूपमा प्रयोग गर्ने रुद्राक्षको माला विदेशीहरूको रोजाइमा पनि पर्दै आएको छ । इन्डोनेसिया, भारत तथा बंगलादेश मात्र होइन, चीन आदि देशमा समेत रुद्राक्षको माला उपहारका रूपमा लाने गरिएको छ । बजारमा २ देखि २७ मुखेसम्मका रुद्राक्षका माला उपलब्ध छन्, जसमध्ये पाँचमुखे रुद्राक्षबाट बनेको माला पर्याप्त मात्रामा उपलब्ध हुन्छ । पशुपति मन्दिर क्षेत्रका व्यवसायी अमित अग्रवालका अनुसार पाँच, चार र छ मुखे रुद्राक्षको माला धेरैले किन्ने गरेका छन् । रुद्राक्षको दाना जति सानो भयो, मूल्य उति नै महँगो हुन्छ । एउटा मालामा ५५ वा १ सय ८ दाना हुन्छन् । यसको मूल्य ८० देखि १ हजार ५ सय रुपैयाँसम्म पर्छ ।

प्रकाशित :माघ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्