मिस टुरिज्म हुने

मिस टुरिज्म हुने

माघ १६, २०७१

सहारा इन्टरटेन्मेन्टले मिस टुरिज्म-२०१५ को आयोजना गर्ने भएको छ । पूर्वको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको मिस टुरिज्मको अडिसन माघ १५ गते काठमाडौं, हेडौंडा र पोखराको अडिसन भैसकेको छ भने आज माघ १६ गते झापा र इलाममा १७ गते इटहरी र विराटनगर तथा १९ गते धरानको अडिसन हुनेछ ।

छानिएका सहभागीहरूलाई र्‍याम्पवाक, ग्रुमिङ, सामाजिक कार्य, हेयर एन्ड ब्युटीसम्बन्धी प्रशिक्षण धरानमा प्रदान गरिने र फाइनल प्रतियोगिता भने झापाको बिर्तामोडमा हुनेछ । अडिसनबाट छनौट भएका सहभागीहरूलाई पूर्व मिस पूर्वाञ्चल नेहा बजाजले एकमहिने तालिम प्रदान गर्नेछिन् ।

प्रकाशित :माघ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्