
मिस तथा लिटिल मिस सुनुवार
माघ १६, २०७१
गत साता कमलादीस्थित प्रज्ञाभवनमा मिस सुनुवार तथा लिटिल मिस सुनुवार-२०१५ सम्पन्न भएको छ । डि्रम फ्याक्ट्री इन्टरटेन्मेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा सिन्धुलीकी प्रिया सुनुवारले 'मिस सुनुवार-२०१५' को उपाधि जितेकी छिन् । उनलाई पछ्याउँदै रामेछापकी अन्जना सुुनुवार फस्ट रनर्सअप तथा रामेछापकै मन्जिला सुनुवार सेकेन्ड रनर्सअप घोषित भएका छन् । अन्य उपाधितर्फ सृष्टि सुनुवार कन्फिडेन्ट, अन्जना सुनुवार बेस्ट पोज, मुना सुनुवार फोटोजेनिक, तारा सुनुवार पब्लिक च्वाइस तथा देविका सुनुवार ट्यालेन्ट एवार्डका विजेता भएका थिए । कार्यक्रममा लिटिल मिस सुनुवारको उपाधि दिव्यता सुनुवारले जितिन भने फस्ट तथा सेकेन्ड रनर्सअपमा क्रमश: स्वेच्छा सुनुवार र अनुशा सुनुवार विजयी रहे ।
प्रकाशित :माघ १६, २०७१


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्