दुखाउनु हुन्न नेपाललाई

दुखाउनु हुन्न नेपाललाई

माघ १६, २०७१

गायिका सरु पराजुलीले आफ्नो राष्ट्रिय गीत 'दुखाउनु हुन्न नेपाललाई..' को म्युजिक भिडियो यसै साता सार्वजनिक गरेकी छिन् । 'मनन' एल्बममा समाविष्ट यो गीतमा शिव चम्लागाईंको शब्द तथा राम सिटौलाको संगीत छ । उक्त भिडियाकोे निर्देशन सञ्चारकर्मी विदुर खतिवडाले गरेका हुन् ।

संविधान गीत

सञ्चारकर्मी सुरेन्द्र फुँयालद्वारा रचना तथा र्‍याप गरिएको नयाँ गीत 'संविधान...' को म्युजिक भिडियो यसै साता प्रिमियर गरिएको छ । बीबीसीका पत्रकार सुरेन्द्रले मुम्बईमा रहेकी गायिका बहिनी जमुना शर्मा तथा गायक निर्णय दा एनएचकेको सहकार्यमा उक्त गीत तयार पारेका हुन् । प्रमोद तिमिल्सिनाले संगीतबद्ध गरेको यो गीतको भिडियो मुम्बई तथा नेपालमा छायांकन गरिएको हो । उक्त गीतमा समकालीन राजनीतिक परिस्थिति झल्काउँदै संविधानको माग गरिएको छ ।

द युनिटीको आशा अझै

सांगीतिक समूह 'द युनिटी' ले संविधान निर्माणमा आधारित गीत 'आशा अझै मरेको छैन...' को म्युजिक भिडियो सार्वजनिक गरेको छ । भिडियोमा संविधानसभाले संविधान बनाउँछ कि बनाउँदैन भन्ने अन्यौल कायम रहेका बेला राजनीतिक नेताहरूले दिएका दु:ख र त्यसबाट जनतामा उठेको आक्रोशलाई समेटिएको छ । यसअघि माया-प्रेमका गीत गाउँदै आएको द युनिटी यसपटक राजनीतिक तथा सामाजिक विषयमा केन्दि्रत छ । यो गीतमा आसिफ साह र एड् रेको स्वर सुन्न सकिन्छ । अविरल थापाको शब्दको यो गीतलाई राजन इशानले संगीतबद्ध गरेका हुन् । र्‍याप र रक विधाको उक्त गीतमा सारंगीको समेत प्रयोग गरिएको छ ।

प्रकाशित :माघ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्