मलाई त इच्छा मृत्यु ठीक लागेन ।

मलाई त इच्छा मृत्यु ठीक लागेन ।

माघ १६, २०७१

मलाई त इच्छा मृत्यु ठीक लागेन । (इच्छामृत्यु, माघ ९) यसले विभिन्न समस्या ल्याउन सक्छ नि, होइन र ?

- निश्मा लिम्बू, बिर्तामोड, झापा

आफ्नो सरल र अर्थपूर्ण लेखाइ वा अभिव्यक्ति हरेक समय र ठाउँमा प्रभावकारी हुन्छ । (लोकसेवा आयोगको परीक्षामा भाषाको भूमिका, माघ ९) यो लेख पढेर थप ऊर्जा मिल्यो । नाम निकाल्नु ठूलो कुरा होइन, आफूमा ज्ञान बढाउनु ठूलो कुरा हो ।

- एलिसा

माघ ९ को अंकमा रानीको रेकर्डिङ शीर्षकको समाचार पढियो । (रानीको रेकर्डिङ, माघ ९) इन्भायरोमेन्टल गीतका संगीतकार निपेश खड्का नभएर निपेश ढकाल हुन् ।

- लक्ष्मी चापागाईं

खुसी लाग्यो यो लेख पढेर । (मेहनत त्यो हो जो हिलोबाट निस्कन्छ, माघ ९) । कुलतमा लागेका सबै युवाले यस्तै काम गरे नेपालमा पक्कै केही परिवर्तन आउने थियो ।

- बुद्धमाया गुरुङ

दीपक सिलवालको जीवनकथा पढेर दुःख लाग्यो । (तनावले जन्माएको सेवा, माघ ९) म उहाँलाई स्यालुट गर्छु ।

- बाला गुरुङ

मेहनतको फल मीठै हुन्छ नि । (थारुको बच्चाभन्दा गर्व गर्छु, माघ ९)

- खगेन्द्र मगर, रोल्पा

यो तस्विर हेर्दा त अर्कालाई टाउकोमा ढुंगा हान्न आँटेको जस्तो पो देखिँदो रहेछ । (डुम्फु बजाउँदै, सेलो नाँच्दै, माघ ९)

- रीता, हङकङ

साप्ताहिकको गएको अंक राम्रो लाग्यो । अझै नयाँ सामग्रीहरू प्रकाशन गर्नुपर्‍यो ।

- गणेश खनाल

के यो स्वास्थ्यका लागि राम्रो हो त ? (टाटुमा कामुकता, माघ ९) कुनै नकारात्मक असर गर्दैन ?

- छिरिङ राई

चर्चामा आउन मात्र त्यस्तो गरेको हो कि ? (कपिल र प्रियंकाको झगडा, माघ ९)

- क्रान्ति पोखरेल

कलाकर्मीहरूले हाम्रा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रचार-प्रसारमा जोड दिनुपर्‍यो । (गढीमाईमा कलाकर्मी, माघ ९)

- विनोद कार्की, गाईघाट

 

प्रकाशित :माघ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्