सिंगै गाउँमा एक घर

सिंगै गाउँमा एक घर

- ऋषि राई

माघ ९, २०७१

गाउँ बन्नलाई पक्कै पनि दुई-चार घर चाहिन्छ । छरछिमेक आउजाउ पनि हुनुपर्‍यो । ऐंचोपैंचो, सापट गर्न नजिकै छिमेकी चाहिन्छ । बिरामी पर्दा पनि छिमेकी त चाहियो नै, तर बाध्यताले सबै गाउँलेलाई त्यस्तो नबनाउँदो रहेछ ।

कटारी नगरपालिकास्थित बाखि्रचरन गाउँका ५६ वर्षीय लीलबहादुर मगरलाई न छर न छिमेक, सिंगो गाउँको एक्लो घर-परिवारमा एक छोरा अमर र बुहारी निरमाया । ७ वर्षदेखि बाखि्ररचन गाउँमा मगरको एक्लो परिवार बसोबास गर्दै आएको छ । मगर नगरपालिकाको वडा नम्बर-३ मा पर्ने उक्त गाउँमा पुग्दा त्यहाँ अन्य दुई घर थिए । उनीहरू अन्तै बसाइँ सरेर गएपछि भने मगर परिवार गाउँको एक्लो परिवार बन्न पुग्यो ।

१५ कट्ठा ऐलानी जग्गामा खेतीपाती गरेर खाने मगर मर्दापर्दा भने समस्या हुने गरेको वताउँछन् । 'छिमेकी गाउँलेलाई बोलाउनुपर्छ ।' लीलबहादुर भन्छन्- 'छिमेकी गाउँ पुग्न १ घण्टाभन्दा बढी लाग्छ ।' बाखि्रचरनदेखि छिमेकी एक्लेसल्ला, खसीबास र हात्तीटार गाउँ पुग्न एक घण्टा जंगलको बाटो काट्नुपर्छ ।

दु:खले गर्दा गाउँँ छोड्न नसकेको बताउने मगर आफूले उत्पादन गरेको गाईभैंसीको दूध र बाख्रापाठाले बजार नपाउँदा चिन्तित छन् । मगरलाई स्वास्थ्य उपचार, किनमेल तथा सरकारी सेवाका लागि कटारी आइपुग्न पैदल तीनघण्टा हिंड्नुपर्ने बाध्यता छ ।

 

प्रकाशित :माघ ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्