बद्रीले रुवाए

बद्रीले रुवाए

पुस २५, २०७१

'बिदा पाउँदिनँ, अहिलेको सालमा आमा, घर आउन पाउँदिनँ,' लोकदोहोरी गायक बद्री पंगेनीले विदेशी भूमिमा यो गीत गाउनेबित्तिकै धेरैका आँखा रसाए । गायक पनि भावुक भएर गाइरहेको दृश्य एकातर्फ थियो भने अर्कातर्फ गीत सुन्नेहरू भक्कानिन थालेको अवस्था । स्वर र शब्दको उक्त जादुमा बद्रीको प्रस्तुतिलाई जापानमा बस्ने नेपालीहरूले अत्यधिक रुचाए । गीत गाइनसक्दै गायक स्वयं पनि रुन पुगे । वृद्धावस्थाका आमाहरू त झनै रोए ।

गत शुक्रबार जापानको टोकियोमा आयोजित कार्यक्रममा सयौं दर्शकमाझ बद्रीले उक्त प्रस्तुति दिएका थिए । गायक पंगेनीले त्यसबाहेक एक दर्जन हिट गीत गाएर दर्शकहरूलाई सांगीतिक मनोरञ्जन प्रदान गरे । गीत गाउने क्रममा पंगेनीले युवाहरूको ऊर्जा मुलुक विकासमा खर्च हुनुपर्ने बताउँदै स्वदेश र्फकन आग्रहसमेत गरे । कुनै पनि नेपाली युवाले पेट पाल्न विदेशी भूमिमा रगत-पसिना बगाउनु नपरोस्, उनको आग्रह थियो । उक्त अवसरमा गायक जीवन शर्माको प्रस्तुति पनि समेटिएको थियो ।

प्रकाशित :पुस २५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्