बेलायतमा सुविनलाई सम्मान

बेलायतमा सुविनलाई सम्मान

पुस २५, २०७१

बेलायतमा रहेका पाँचथरका युवाहरूले मिस नेपाल सुबिन लिम्बूलाई सम्मान गरेका छन् । उक्त अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम पनि आयोजित गरिएको थियो । नयाँ वर्ष २०१५ को अवसरमा सम्पन्न उक्त कार्यक्रममा पाँचथरको सारताप उच्च माध्यमिक विद्यालयका लागि आर्थिक संकलनसमेत गरिएको थियो ।

सारताप उच्च माविकाका लागि सहयोग संकलनमा जुटेका समाजसेवी एकराज नेम्वाङको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा मिस नेपाल लिम्बूले विद्यालयजस्तो पवित्र स्थलका लागि सहयोग संकलन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा मिस युके निया देवानको पनि उपस्थिति थियो । कार्यक्रममा मिलन लामा, दौलत राई आदि कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमबाट विद्यालयका लागि करिब २ लाख रुपैयाँ संकलन भएको संयोजक एकराज नेम्वाङले जानकारी दिएका छन् ।

प्रकाशित :पुस २५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्