कार्टुन क्यारेक्टरमा विवाह

कार्टुन क्यारेक्टरमा विवाह

पुस २५, २०७१

कार्टुन चलचित्रका फ्यान टोनी तथा एरिक ओरफोर्डले आफूलाई मन पर्ने क्यारेक्टरको पोसाक लगाएर विवाह गरेका छन् । उनीहरू चर्चित कार्टुन चलचित्र ब्युटी एन्ड द विष्टको पहिरनमा सजिएका थिए । उनीहरूको विवाहमा आमन्त्रण गरिएका पाहुनाहरू पनि डिस्नेबाट निर्माण भएका कार्टुन चलचित्रका क्यारेक्टरमा आएका थिए, जसले गर्दा उनीहरूको विवाहले कुनै परी र राजकुमारको विवाहको झझल्को दिन्थ्यो ।

छल गर्ने उमेर

धेरै महिलामा आफ्ना श्रीमान्ले छल गर्छन् कि भन्ने शंका हुन्छ । यो कुरा पुरुषहरूमा पनि लागू हुन सक्छ । यो द्विविधा कायम रहेको वर्षौ भैसकेको छ, तर अनुसन्धानकर्ताहरूले अझै पनि यसको कारणका सम्बन्धमा चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । पुरुषले आफ्नी श्रीमती वा प्रेमिकाप्रति किन छल गर्छन् र कुन समयमा छल गर्छन् भन्ने कुरा अझै अनुसन्धानकै विषय छ । यद्यपि पछिल्लो सर्वेक्षणअनुसार कुन उमेरमा छल गरिन्छ भन्ने कुरा केही हदसम्म स्पष्ट हुँदै गएको छ ।

विवाहेत्तर सम्बन्धका विषयमा सञ्चालित वेबसाइटमार्फत विभिन्न ३ मुलुकका हजारौं पुरुषमा गरिएको सर्वेक्षणअनुसार पुरुषले आफ्नी श्रीमती वा प्रेमिकालाई ३३ तथा ४९ वर्षको उमेरमा बढी ढाँट्ने गरेको पाइयो । युनिभर्सिटी अफ मेलवर्नका टेरेन्स चेङको नेतृत्वमा गरिएको सर्वेक्षणअनुसार ४० वर्ष पुगेपछि पुरुषले आफ्नी श्रीमती वा प्रेमिकालाई बढी छल्ने भए पनि ४९ वर्षको उमेरमा उनीहरूले बढी छल गरेको पाइएको थियो । ४० को उमेर पार गरेपछि पुरुषहरूको ध्यान घर, कार र सम्बन्धतर्फ बढी केन्दि्रत हुने हुँदा पनि उनीहरूको स्वभावमा परिवर्तन आउने अनुसन्धानबाट प्रस्ट भएको छ ।

दूध बेच्ने पक्राउ

चीनमा गोप्य रूपमा आफ्नै दूध बेच्ने महिला तथा दूध बिक्री गर्न मध्यस्थता गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । चीनको बेइजिङ, हेबेई, हुवाई तथा जिङ्सी क्षेत्रमा महिलाहरूले आफ्नो दूध वयस्क पुरुषहरूलाई पान गराउँदै आएका थिए । भर्खरै सन्तान प्राप्त गरेका महिलाहरूले आफ्ना सन्तानलाई पाउडरको दूध सेवन गराएर आफ्नो दूध भने पुरुषलाई बिक्री गर्थे । दूध बिक्री गर्ने महिला तथा उक्त दूध खान चाहने पुरुषहरूबीच एक वेवसाइटले मध्यस्थता गर्दै आएको थियो । मध्यस्थकर्ताले १ हजार रुपैयाँ लिएर सदस्य बनाएपछि ग्राहकले कुन महिलाको स्तनपान गर्न चाहेको भनेर फोटो पठाउँथे । यसरी तस्बिर पठाइने महिलाहरूको मूल्य भने फरक-फरक हुन्थ्यो । सरदर एक दिनको १५ हजार रुपैयाँ लिइने यो कार्यमा यौन सम्बन्धको योजना पनि समावेश हुन्थ्यो, जसका लागि अतिरिक्त पैसा तिर्नुपथ्र्यो । उक्त कार्यले चर्चा पाउन थालेपछि प्रहरीले ग्राहकको भेषमा २ सय जना महिला, मध्यस्थकर्ता तथा ग्राहकहरूलाई पक्राउ गरेको हो ।

पुठ्ठाको फेसियल

सामान्यत: मानिसले आफूलाई राम्रो देखाउन मुहारको फेसियल गर्ने चलन छ, तर पश्चिमी मुलुकमा पुठ्ठा पनि मुहारजत्तिकै आकर्षक बनाउने लहर चलेपछि पुठ्ठाको सौन्दर्य उपचारले पनि व्यापकता पाउँदै गएको छ । समुद्री तटमा बिकिनी लगाएर पुठ्ठा प्रदर्शन गरिने भएपछि अहिले युवतीहरूको आकर्षण पुठ्ठा फेसियलतर्फ बढेको हो । पुठ्ठाको यो सौन्दर्य उपचार तुलनात्मक रूपमा महँगो छ, तर आकर्षण देखिने होडमा युवतीहरू उक्त रकमलाई ठीकै मान्छन् । पुठ्ठाको यो सौन्दर्य उपचारलाई न्युयोर्कमा टिप टप टुस टि्रटमेन्ट सञ्चालन गरिरहेका डा. म्याथ्यु सुल्मान्सले लोकप्रिय बनाउने प्रयास गरिरहेका छन् । ४० मिनेट लाग्ने यो सौन्दर्य उपचारमा लेजर, केमिकल तथा मोइस्चरको मद्दतबाट पुठ्ठालाई नरम बनाउने काम गरिन्छ । त्यस क्रममा लेजर पद्धतिमार्फत पुठ्ठामा भएका रौं एवं छालाको मृत पत्र हटाउने, केमिकल लगाएर छालालाई नरम बनाउने तथा मोइस्चर लगाएर छालालाई टल्काउने कार्य हुन्छ । समुद्र तटमा पुग्ने युवतीहरूप्रति लक्षित यो पुठ्ठा फेसियल गराएको ५० हजार रुपैयाँ लाग्छ ।

 

प्रकाशित :पुस २५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्