वर्ष २०१४ को फेसन ट्रेन्ड

वर्ष २०१४ को फेसन ट्रेन्ड

पुस ११, २०७१

राजनीतिक सन्देश होस् वा कुनै सामाजिक सचेतता प्रवाह गर्ने वाक्यांश वा सकारात्मक सोच, दृष्टिकोण, कुनै ट्रेडमार्क, बुद्धिमता प्रदर्शन गर्ने शब्दहरू वा वाक्यांश । यीबाहेक केही भद्दा, उत्तेजक एवं अश्लीलता जनाउने शब्द, शब्दावली वा वाक्यांश अंकित पहिरनले वर्ष २०१४ मा आफ्नो उपस्थितिलाई मजबुत बनाएको देखियो । ६० को दशकमा फेसन संसारमा प्रवेश पाएको स्लोगन टिसर्टले सहस्राब्दी वर्षको प्रारम्भसम्म आउँदा ब्रान्डेड शैलीसम्ममा प्रभाव पारेको देखियो ।

फेमिनेन् स्टाइलको प्रतिविम्बका रूपमा हेरिने लेसको प्रयोग यो वर्ष निकै देखियो । स्कर्टदेखि ट्रेन्चकोट र विभिन्न एसेसरिजमा समेत लेसको प्रयोग देख्न पाइयो । सुन्दर टप्सदेखि ड्रेस स्टाइलसम्म लेसको प्रभावमा रह्यो । ह्वाइट लेसदेखि विभिन्न पेस्टल सेड्सजस्तै ब्लू, लिल्याक, लाइट येलोदेखि ज्वेल टोनमा समेत लेसको प्रयोग भयो । क्लासिक बटन डाउन टपसित लेस पेन्सिल स्कर्ट वा लेस टपसित ब्वायफ्रेन्ड ब्लेजरको जोडा यस पटक फेसन संसारमा निकै हिट रह्यो । ग्ल्यामरस र सेक्सी छवि प्रस्तुत गर्नेहरूमाझ शियर र सुपर ड्रेसमा समेत लेसको प्र्रभाव देखियो ।

फेमिनेन र मस्कुलिन दुवै प्रभाव देखाउन उचित मानिने क्रप्ड सर्ट पनि यो वर्ष हिट रह्यो । यो शैलीबाट क्लासिक र सोफिस्टिकेटेड छवि प्राप्त भएको पाइयो । पुरुषको जस्तो शैलीका जुत्ता, स्लाउची पाइन्ट, मस्कुलिन टेलर्ड ब्लेजर तथा ओभर साइज्ड सर्टहरू, वाइड लेग पाइन्ट, ब्यागी कुलोट्स, अनटक्ड सर्ट, डेनिम डंगारिज पनि यो वर्ष चलेका फेसन ट्रेन्ड रहे । लाइट एयर ड्रेसेस, सोफिस्टिकेटेड गाउन, टेलर्ड सुट, फ्लोवी स्कर्ट तथा सिल्की जम्प सुट्स पनि धेरैले रुचाए ।

वर्ष २०१४ को हिट फेसन ट्रेन्डमा ९० को दशकताका प्रचलित शैलीको पुनरागमन पनि देख्न पाइयो । ९० को दशकको फेसनलाई डोर्‍याउने चलचित्र 'क्लुलेस' की अभिनेत्री अलिसिया सिल्भरस्टोनको ड्रेसअपमा देखिएको नी हाई मोजा, टार्टन स्कर्ट र टि्वन सेटले उतिबेला निकै धुम मच्चाएको थियो, जसको केही प्रभाव यसपटक देख्न पाइयो । उदाहरणका लागि राल्फ लोरलको कलेक्सनमा बोल्ड प्रिन्टेड फ्लोरल टिज्, मिनी स्कर्ट्स, पाइप्ड भी-नेक स्वटेर । यसैगरी प्लेटर्फम सुज, ब्लक कलर्ड मिनी सिफ्ट ड्रेस र त्यसका साथमा सुहाउँदो सियर कार्डिगन ।

त्यही दशकताकाको ग्रन्ज शैली, फ्लोरल स्केटर ड्रेस, कुलोट्स, लेगिङ, जेगिङ, क्रप टप्स, भेल्भेट आदि पनि यसपटक लोकप्रिय रहे । यस पटक देखिएको अफ शोल्डर कट्स, स्लिक हेयर, रेड लिप्स तथा सेक्सी ड्रेसहरू पनि ९० को दशकताकाको शैलीकै प्रभाव हो । यसैगरी ९० को दशकताकाको फेसनको प्रभाव वर्ष २०१४ मा शियर होस् वा ओप्याक, फ्लोटी होस् वा फिटेड, सर्ट होस् वा लङ स्लिप ड्रेसहरूमा देख्न पाइयो । फ्लोरल ड्रेसहरूको विविधता पनि यही कालखण्डको प्रेरणा रह्यो, जसमा सफ्ट पेस्टल सेड्सदेखि मोनोक्रोम सेड्स, टान्जरिन, लेमन तथा लाइमको प्रभुत्व रह्यो ।

वर्ष २०१४ को फेसन ट्रेन्डअन्तर्गत विन्टर आउटर वेयरतर्फ ओभरकोटको प्रभाव बढी देखियो, जसमा ब्लाङ्केट कोट हिट सावित भयो । भोल्युम, लम्बाई, सफ्ट फ्याबि्रक र एक्सक्लुसिभ डिजाइनका लागि परिचय बनाएका यी ओभरकोटलाई वुल ड्रेस, स्लिक जम्पसुट, टेलर्ड शोट्स र थाई हाई बुट, सिल्क ब्लाउज, वाइड लेग पाइन्टसित जोडा मिलाएर लगाउने शैली लोकप्रिय रह्यो । यसैगरी ट्रेन्चकोट, केप कोट, ओभरसाइज्ड कोट, पेस्टल क्रोम्बी तथा र्‍याप कोट विन्टर आउटर वेयरका रूपमा हिट रहे ।

जाडोमा स्पोर्टी र सिक लुक भएको, ट्रेन्डी र कम्फी देखिने जम्पर ज्याकेटको धुम रह्यो । लङ स्कर्ट, प्रिन्टेड टिसर्ट, टेलर्ड पाइन्ट आदिसित यसको जोडा निकै रुचाइयो । क्रप्ड सिलहुट्, ल्याभिज डिटेलिङ तथा विविध कलर रेन्जमा उपलब्ध क्रप्ड फर ज्याकेट पनि जाडोमा पपुलर रह्यो । स्लिम फिट पाइन्ट, प्रिन्टेड बटन डाउन एवं क्रप्ड निट्ससित यसले जोडा जमायो । जाडोको साथीका रूपमा ज्याकेट एम्बेलिस्ड बाइकर ज्याकेट, मिनी स्कर्ट, मिडी स्कर्ट, सेक्सी सर्ट ड्रेस, लेदर पाइन्ट, एङ्कल एवं थाइ हाई बुटको जोडाका रूपमा पनि प्रयोग भयो । क्विल्टेड ज्याकेटदेखि ब्वायफ्रेन्ड जिन्स, चंकी निटवेयर, काउब्वाय लुक आदिसित सुहाउँदो देखिएको शियरिङ ज्याकेट पनि खुबै लगाइएको देखियो ।

प्रकाशित :पुस ११, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्