पोखराको चिसोमा तातो फेसन

पोखराको चिसोमा तातो फेसन

- शिव शर्मा

पुस ११, २०७१

बाहिर चिसोले ठिहिराइरहे पनि होटल ग्रान्डको भित्री वातावरणले भने गर्मीको छनक दिन्थ्यो । गत शनिबार साँझ ७ बजे जब २००२ की मिस नेपाल माल्भिका सुब्बा रंगीन गाउनमा क्याटवाक गर्दै मञ्चमा प्रकट भइन्, सबैको ध्यान उनीतर्फ केन्दि्रत भयो । जिरो-०६१ इन्टरटेन्मेन्टले जाडोको मौसमलाई मध्यनजर गर्दै आयोजना गरेको उक्त फेसन शोमा माल्भिकाको क्याटवाकले सबैको वाहवाही पायो । त्यसपछि पालैपालो अन्य मोडलहरू पनि बिरालो चालमा क्याटवाक गर्दै र्‍याम्पमा झुल्किए । उक्त फेसन शोमा फेसन डिजाइनर शुभेच्छा भँडेलले तयार पारेका 'बिन्टर कलेक्सन'मा मोडलहरू निकै आकर्षक देखिएका थिए । जाडोका लागि उपयुक्त कोट, स्कट, गाउन आदि फेसनेबल पहिरन नै यो फेसन सोको विशेषता रह्यो । उक्त अवसरमा काठमाडौं, पोखरा तथा धरानका १९ जान मोडल सहभागी थिए भने फेसन शोपछि डिजे कोन्मेको संगीतमा नेपाली, हिन्दी तथा अंग्रेजी रिमिक्सले कार्यक्रमलाई थप मनोरञ्जक बनाएको थियो ।

 

प्रकाशित :पुस ११, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्