हेल्दी बेबी शशिशेखर

हेल्दी बेबी शशिशेखर

- अनिल श्रेष्ठ

पुस ११, २०७१

लयान्स क्लब अफ विराटनगर मोरङको आयोजनामा विराटनगरमा सम्पन्न हेल्दी बेबी प्रतियोगिताको उपाधि शशिशेखर बानियाँले हात पारेका छन् । बानियाँले ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जितेका हुन् ।

प्रतियोगिताको फस्ट रनर्सअप सृफरिना न्यौपाने तथा सेकेन्ड रनरअप समृद्धि सिंह घोषित भए । प्रतियोगितामा मोरङभरिका ३ देखि ५ वर्षसम्मका ५० जना बालबालिकाको सहभागिता थियो । बालबालिकाहरूको उचाइ, तौल, शारीरिक स्वास्थ्य तथा मानसिक क्षमताका आधारमा उत्कृष्ट छनौट गरिएको कार्यक्रम संयोजक डा. बालकृष्ण साहले बताए ।

 

प्रकाशित :पुस ११, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्