वीरगन्जमा कलाकार

वीरगन्जमा कलाकार

पुस ५, २०७१

रेडियो वीरगन्जले आफ्नो १२ औं वाषिर्कोत्सवको अवसरमा शनिबार वीरगन्जमा आयोजना गरेको खुल्ला लाइभ कन्सर्टमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले गीत-संगीत तथा नृत्यमार्फत पर्याप्त मनोरञ्जन प्रदान गरे । उक्त अवसरमा सुनिल पण्डित, सन्जु अमात्य, हेमन्त शर्मा, कोमल वली, कमल खत्री, इन्दिरा जोशी आदि गायक-गायिकाका साथै जिया मिश्रा, रोमा न्यौपानेजस्ता नृत्यांगनाले नृत्यको फरक स्वाद चखाएका थिए ।  

सुरुमा स्थानीय भोजपुरी गायक सुनिल पण्डितले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर वातावरण बनाएपछि स्थानीय बालकलाकार जिया मिश्राले आकर्षक नृत्य प्रस्तुत गरिन् । एउटै खुट्टाले नृत्य गर्ने नृत्यांगना रोमा न्यौपानेले पनि आफ्नो नृत्य कलाले सबैलाई चकित बनाइन् । उक्त अवसरमा वीरगन्जका गायक सन्जु अमात्यले आफ्ना पुराना तथा नयाँ गीत सुनाएका थिए ।

 कार्यक्रमको अन्त्यतिर आएकी इन्दिराले प्रशंसकहरूलाई खुसी तुल्याउन कुनै कसर बाँकी राखिनन् । गायनसँगै कामुक शैलीको उनको प्रस्तुतिले प्रशंसकहरूलाई तताएको थियो ।

प्रकाशित :पुस ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्