मिस टिन कलेजको अडिसन

मिस टिन कलेजको अडिसन

पुस ५, २०७१

कलेज अध्ययनरत किशोरीहरूमा लक्षित प्रतियोगिता 'मिस टिन कलेज-२०१४' को अडिसन सम्पन्न भएको छ । सिजन मिडियाले आयोजना गर्ने यो प्रतियोगितामा सहभागिताका लागि उपत्यकाका ५० भन्दा बढी कलेजबाट १ सयभन्दा बढी छात्राले आवेदन दिएका थिए । सिजन मिडियाले विगत ६ वर्षदेखि मिस ई-कलेज, जुनियर स्कुल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेसजस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । कलेजमा अध्ययनरत किशोरीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गत वर्षदेखि मिस टिन कलेज प्रतियोगिता आरम्भ गरिएको हो ।

छानिएका ४० जना किशोरीलाई प्रशिक्षणका क्रममा शारीरिक फिटनेस, फोटो सेसन तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ । माघको पहिलो साता प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रकाशित :पुस ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्