मेरो डिभाइसले कुनै-कुनै बेला वाईफाई नै देखाउँदैन ।

मेरो डिभाइसले कुनै-कुनै बेला वाईफाई नै देखाउँदैन ।

- डा. सुदन झा

पुस ४, २०७१

मेरो डिभाइसले कुनै-कुनै बेला वाईफाई नै देखाउँदैन । देखायो भने पनि इन्टरनेट चल्दैन र प्राय:जसो सिग्नल धेरै नै कमजोर देखिन्छ ? यो समस्याको समाधान के होला ?

सम्झना, इमेलबाट

यसका लागि डिभाइसको वाईफाई सेटिङ नै Reset गर्नुपर्छ । तपाईंले आफ्नो डिभाइसको नाम उल्लेख गर्नुभएको छैन । सबैभन्दा पहिले आफ्नो डिभाइसको सेटिङमा गएर General ट्याबमा क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ Reset Network भन्ने ट्याब हुन्छ, त्यसमा ट्याबमा क्लिक गर्नुहोस् । अब आफ्नो डिभाइसलाई वरपर रहेको वायरलेस राउटरको छेउमा लिएर जानुहोस् र आफ्नो डिभाइसमा वाईफाई नेटवर्क खोज्नुहोस् । त्यसपछि त्यसले उक्त राउटरसँग सम्बन्धित नेटवर्क खोजेर देखाउँछ । यसका लागि युजरनेम र पासवर्ड जस्ता आधिकारिक डाटा राख्नुपर्ने हुन्छ ।

एउटै नेटवर्कमा धेरै प्रयोगकर्ता हुँदा वा अधिकतम bandwith खपत हुँदा पनि signal strength ppor देखाउँछ । त्यसका लागि आफ्नो डिभाइस राउटरबाट टाढा वा त्यो डिभाइसमा potential interference छ कि, परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि डिभाइसमा अन्य कुनै उपकरण जडान गरिएका छन् कि हेर्नुपर्ने हुन्छ ।

प्रकाशित :पुस ४, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्