तर सबै कसरी मिल्न गयो ?

तर सबै कसरी मिल्न गयो ?

पुस ४, २०७१

अन्तरकुन्तर कुराकानी स्तम्भमा नायक गजित विष्टसँग सोधिएका प्रश्न र असोज ३ को साप्ताहिकमा नायक, मोडल अमिर गौतमसँग सोधिएका सबै प्रश्न हुबहु मिल्छ । उत्तर पनि मिल्दोजुल्दो नै छ । १/२ वटा मिल्नु त संयोग होला, तर सबै कसरी मिल्न गयो ?

      - बीएस धामी, कञ्चनपुर

मानबहादुर खड्काका सम्बन्धमा प्रकाशित लेख पढेर प्रभावित भएँ । (नेपालमै सम्भावना छ, मंसिर २६) उहाँले भने जस्तै नेपालमै सम्भावना छ जस्तो लाग्छ । उहाँसँग भेटघाट गर्न मन छ । कसरी सम्पर्क गर्न सकिन्छ ?

      - धर्म भण्डारी, हेम्जा, कास्की

गत साताको लभ मन्त्र राम्रो लाग्यो ।

      - सिर्जना लिम्बू

फेसबुक फन्डा बबाल छ ।

      - सिरु

नियति शीर्षकको लेख पढेर सारै नराम्रो लाग्यो । कुनै पनि महिलाले आफ्ना बालबच्चा छाडेर दोस्रो विवाह नगरून् ।

      - प्रभु राई

मलाई यो कुरा त्यति चित्त बुझेन । (मेरो सेक्रेट, गरिमा पन्त, नायिका, मंसिर २६)

      - निम शर्मा, घोराही

बट्टाइको अण्डा स्वास्थ्यका दृष्ट्रिले लाभदायक रहेछ । (बट्टाइ अण्डा, मंसिर २६) छालासम्बन्धी रोगीहरूलाई काम लाग्ने भयो । म त खोजेर पाइने ठाउँ जान्छु । यस्तो सूचनाका लागि साप्ताहिकलाई धन्यवाद ।

      - अनिस परियार, रातोपुल

हाम्रो बाग्लुङको गल्कोटका बारेमा पढ्न पाउँदा खुसी लाग्यो । (गन्तव्य : गल्कोट, मंसिर २६) घुम्न चाहनेहरूका लागि यो राम्रो पर्यटकीय गन्तव्य हो ।

      - अजय पौडेल, अनिश पौडेल, बाग्लुङ, हाल : काठमाडौं

एकै पटक तीनवटा एल्बम सार्वजनिक गरेकोमा मनोज साङसोनजीलाई बधाई । (एकसाथ तीन एल्बम, मंसिर २६) तपाईंका गीतले श्रोताहरूको मन जितुन् ।

      - प्रकाश ठकुरी

आफ्नै जिल्लामा भएको यस्तो ऐतिहासिक जानकारीका सम्बन्धमा म बेखबर थिएँ । (पार्क, ज्ञानविज्ञान कुञ्ज, मंसिर २६) म जस्तै अन्य विद्यार्थीहरू पनि यो विषयमा अनभिज्ञ छन् । यस्तो जानकारी दिएकोमा साप्ताहिकलाई धन्यवाद ।

      - सरोज माझी

 

प्रकाशित :पुस ४, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्