पोखरामा आनी छ्योइङ डोल्मा

पोखरामा आनी छ्योइङ डोल्मा

मंसिर २६, २०७१

गायिका आनी छ्योइङ डोल्माले गत शनिबार पोखरा सभागृहलाई संगीतमय बनाइन् । निर्माणाधीन उर्गेन छ्योएलिङ बौद्धिष्ट गुम्बाको सहयोगार्थ कोल्मा बहाकोट तमु समाज पोखरा तथा उर्गेन छ्योएलिङ गुम्बाद्वारा आयोजित धार्मिक लामा नृत्य एवं आनी एकल सांगीतिक कार्यक्रममा गायिका आनी छ्योइङ डोल्माले नौवटा गीत प्रस्तुत गरेकी थिइन् ।   

आनीले बुद्ध वचनबाट गायन सुरु गरी मीठो मुस्कान, बतास चल्यो, बटुवा हुँ बटुवा, चुलबुले मनको स्वभाव, म त ठूलो हुँदै होइन तिमी पनि होइन देशभन्दा ठूलो अरू केही छैन, जय होस् तिम्रो मंगल होस्, फूलको आँखामा फूलै संसार, ओम माने पेमे होम, जति-जति दान प्रदान गरे अरू हित हुन्छ गीत प्रस्तुत गरेकी थिइन् ।  

कार्यक्रममा लामा कलाकारहरूले अध्यात्मिक एवं तान्त्रिक नृत्यहरू झिग्भेव (आशीषवर्षा नृत्य), श्यानाग (कालमुकुट नृत्य), छोग्लेन (गणधारण नृत्य), घिङ (दुत नृत्य) आदि पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्