पोखरामा डि-मोर्चाको लाइभ

पोखरामा डि-मोर्चाको लाइभ

मंसिर २६, २०७१

पोखराको चिसो मौसममा डि-मोर्चा ब्यान्डले गत शुक्रबार पोखरा तताएको छ । ट्राफिक जनचेतनासहित 'पोखरा ट्रेड मल डि-मोर्चा लाइभ कन्र्सट आफ्नै आगनमा' को सांगीतिक प्रस्तुतिले शुक्रबार पोखराको चिसो मौसम तताएको हो । उक्त अवसरमा डि-मोर्चा ब्यान्डका प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठले करिब डेढदर्जन पप गीत प्रस्तुत गरेका थिए ।

पोखराको चिप्लेढुंगा, मानव अधिकार चोक क्षेत्रको सडक संगीतमय हुँदा हजारौं दर्शकले साथ दिएका थिए । कोही गायक श्रेष्ठसँगै स्वरमा स्वर मिलाउँदै थिए भने कोही सडकमै नाच्न व्यस्त थिए । 'डि-मोर्चा'को लाइभ कन्सर्टमा लक्ष्य समूहको फिचरिङ थियो । अपराह्न ५ बजे प्रारम्भ भएको उक्त कार्यक्रम करिब ३ घण्टा चलेको थियो । कार्यक्रममा लिटिल लनर्स मल्टेश्वरीका बालबालिकाले ट्राफिक सचेतनामूलक प्रस्तुतिसमेत दिएका थिए भने पोखरा-१३, भद्रकालीस्थित बालगोपाल भजन कीर्तन समितिद्वारा लाखे नृत्य प्रस्तुत गरिएको थियो ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्