लोक तथा दोहोरीगीत एवार्ड

लोक तथा दोहोरीगीत एवार्ड

- माधव अर्याल

मंसिर २६, २०७१

लुम्बिनी अञ्चलका लोक स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत ११ विधाको मनोनयन सार्वजनिक गरिएको छ । उक्त छनौट एसएमएस भोटिङका लागि गरिएको हो । 'विशाल लुम्बिनी लोक दोहोरी एवार्ड-२०७१' अन्तर्गत विशाल डिजिटल काठमाडौले विशाल लोक तथा दोहोरी गीत एवार्ड प्रतियोगिता सञ्चालन गर्न लागेको छ ।

पुरस्कृत गरिने विधामा सर्वोकृष्ट लोकदोहोरी एल्बम, गायक, गायिका, शब्द, लय (भाका), नवगायक, नवगायिका, नायक (मोडल), नायिका (मोडल), भिडियो निर्देशक तथा सञ्चारकर्मी छन् । भोलि मंसिर २७ गते तानसेनमा कार्यक्रम आयोजित गरी विजेता घोषणा गर्दै एवार्ड वितरण गरिनेछ ।

 

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्