तीन खान एक साथ

तीन खान एक साथ

मंसिर २६, २०७१

बलिउडका चर्चित तीन खान सलमान खान, आमिर खान र शाहरूख खानबीच लामो समयदेखि शीतयुद्ध छ । खासगरी शाहरूख खानविरुद्ध सलमान र आमिरका अन्टसन्ट प्रतिक्रिया आइरहन्छन् । शाहरूख पनि उनीहरूले छेडेको जेहादमा प्रतिक्रिया जाहेर गर्न पछाडि छैनन् । यद्यपि हालै एक हिन्दी न्युज च्यानलले तीन खानलाई एउटै मञ्चमा उतार्‍यो । दिल्लीको प्रगति मैदानमा आयोजित कार्यक्रममा तीन खान एकसाथ देखिए, जसलाई दर्शक र उनीहरूका प्रशंसकले पनि रुचाए । 'खान कि अदालत' शीर्षकमा वरिष्ठ पत्रकार रजत शर्माले उनीहरूसँग कुराकानी गरेका थिए । कार्यक्रममा सलमान र शाहरूख ब्लाक आउटफिटमा थिए भने आमिर ब्लाक टिसर्ट र ब्लेजरमा । उक्त अवसरमा तीन खानले रजत शर्माका साथमा टाबल डान्स पनि गरेका थिए । आपकी अदालत २१ वर्ष पुगेको अवसरमा इन्डिया टिभीले आयोजना गरेको उक्त कार्यक्रममा उनीहरू तीनै जना अलग-अलग कार्यक्रममा आएका थिए ।

सोहाको बिहे

अभिनेता सैफ अलि खानकी बहिनी सोहाले फियान्सी कुणाल खेमुका साथमा २५ जनवरी २०१५ मा लगनगाँठो कस्ने बताइन्छ । अर्को वर्षको प्रारम्भमै सोहाको विवाहको घोषणा सार्वजनिक भएकाले २०१५ मा धेरै सेलिब्रेटिजको विवाह हुनसक्ने बलिउड विश्लेषकहरूको अनुमान छ । प्राप्त जानकारीअनुसार सोहाको विवाह एकदमै साधारण तरिकाले हुनेछ ।  यद्यपि नवाव पटौदी परिवारको विवाह साधारण हुन नसक्ने एकथरीको प्रतिक्रिया छ । सोहाको परिवारले ढुलमुले करिअरमै हराइरहेका कुणाललाई ज्वाइँका रूपमा कसरी ग्रहण गर्ला भन्ने प्रश्न पनि थियो  । सोहाले भनेकी छिन्- हामी ठूलो खानदान भन्दैमा दम्भ प्रदर्शन गर्ने र त्यस्तै सोच राख्ने खालका होइनौं । हाम्रो परिवारले सधैं राम्रा व्यक्तिलाई प्राथमिकता दिएको छ, कुणाल राम्रो कलाकार एवं लेखक हुनुका साथै असल व्यक्ति पनि हुन् । उनका धेरै गुणले परिवारलाई आकषिर्त गरेको छ ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्