गल्ती गर्ने अनि डराउने ?

गल्ती गर्ने अनि डराउने ?

मंसिर २६, २०७१

गल्ती गर्ने अनि डराउने ? (गर्भवती भए नभएको कुरा घरमै जाँच्नै सकिँदैन ?, मंसिर १९) कि त गल्ती नै गर्नुभएन ।

      - रविन राई

पेसाकर्मी भएर सबैभन्दा बढी कर बुझाउने व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी गर्नुपर्छ ।

      - सुरेश खत्री, गौतम बस्नेत

आममानिसको कुरा र उनका बाबा-आमाको कुथाले मेरो मन रोयो । मिल्काको अनुरोध पूरा होस् । उनले भनेको कुरा  सही हो- हामीलाई जातीय राज्य होइन  । सबैलाई समान अधिकार र अवसर भएको देश चाहिएको छ ।

      - ५५९५

सट्टा आमा शीर्षकको कभर स्टोरी मन पर्‍यो । बलवान् गर्भवतीको कुरा रहस्यमय लाग्यो । नेपाली महिलालाई पनि त्यस्तै बलवान बनाउनुपयो । जे होस् साप्ताहिकमार्फत नयाँ-नयाँ कुरा जान्ने मौका मिलिरहेको छ ।

      - ९८३१

साप्ताहिकमा बलिउड चलचित्रसम्बन्धी जानकारीहरू पनि प्रकाशन गर्नु उपयुक्त हुन्छ । युवा पुस्तालाई यस विषयमा प्रशस्तै चासो छ ।

      - द्रोण खड्का, काठमाडौं

डा. भोला रिजालको कथा राम्रो लाग्यो । (जीवनशैली : डा. भोला रिजालको कथा, मंसिर १९) उहाँको काम प्रशंसनीय छ । उहाँको कथाबाट धेरैले प्रेरणा प्राप्त गर्न सक्छन् । आउने दिनहरूमा पनि साप्ताहिकले यस्तै सान्दर्भिक सामग्रीहरू प्रकाशन गरोस् ।

      - बीएस धामी, कञ्चनपुर

आइप्याड तथा ल्यापटपमा आइपर्ने अरू समस्याका बारेमा पनि जान्न पाए हुन्थ्यो । (प्रविधि, मंसिर १९)

      - नवीन कटुवाल

तपाईंको लगाव ठूलो रहेछ । (डिजे किट्टु, मंसिर १९) अब यसमै भविष्य बनाउनुहोला ।

      - तिलक बाँस्तोला

फरक कथा र शैली प्रस्तुत नगरुन्जेल दर्शकको मन जित्न सकिँदैन । (चलचित्र : नाइके र रंग बैजनी, मंसिर १९) अब प्रशस्त मेहनत गर्नुपर्ने देखिन्छ ।

      - सुबोध शाह

सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु सबैको कर्तव्य हो । (सार्वजनिक सम्पत्तिको सुरक्षा, मंसिर १९) त्यसका लागि हामी सबै जुट्नुपर्छ ।

      - भुवन बस्याल

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्