मानिसहरूले एसीको आनन्द नलिऊन् भनेर नि ।

मानिसहरूले एसीको आनन्द नलिऊन् भनेर नि ।

- विदुर

मंसिर १९, २०७१

रामलाई उसको साथीले सोध्यो, तिमीलाई थाहा छ, एसी चलाउँदा ढोकाहरू किन बन्द गरिन्छ ?

राम : किन थाहा नहुनु, बाहिरका मानिसहरूले एसीको आनन्द नलिऊन् भनेर नि ।

(साथी बेहोस)

०००

एउटा गाउँको बूढोलाई इंग्लिसको तीन अक्षरमात्र आउँदो रहेछ, एस, नो र थ्याङ्स, यति मात्र जाने पनि बूढो इंग्लिस आउने भनेर खुब घमन्ड गर्दो रहेछ । सबैलाई भन्दै हिँड्दो रहेछ, मलाई इंग्लिस आउछ भनेर । एक समय यस्तो आयो, बूढाको छिमेकमै एउटा मानिसको हत्या भयो । पुलिस आएर छानबिन गर्न थाल्यो । पुलिसले बूढालाई हपार्दै सोध्यो ।

पुलिस : यो हत्या तैँले गर्‍या होस् ?

बूढो : एस

पुलिस : त्यसो भए हिँड जेलमा

बूढो : नो

पुलिसले जेल हालेपछि

बूढो : थ्याङ्स

जेलमा परिसकेपछि बूढोले मनमनै सोच्यो, आम्मै ! मैले त तीन अक्षर मात्र इंग्लिस जानेको थिएँ, जेल हाले यिनीहरूले, पूरै इंग्लिस जान्नेलाई त फाँसीमै चढाउँछन् कि क्या हो ?

०००

बाउ : तँ म्याथमा किन फेल भइस शेरे ?

शेरे : टिचरले भन्छ, ३+५≠८

अर्को दिन भन्छ, ४+४≠८

फेरि अर्को दिन भन्छ ६+२≠८

त्यो आफैं स्योर छैन, अनि म कसरी पास हुनु त ?

०००

सुहागरातको भोलिपल्ट शेरेले आफ्नी बूढीसँग सोधेछ ।

शेरे : साँच्चै भन त आजसम्म तिमी कति जनासँग सुतेकी छ्यौ ?

बूढी : साँच्चै भन्नुपर्दा तपाइर्ंसँग मात्र सुतेको हो । अरूसँग त सारा रात जागै हुन्थें ।

०००

जान्नुपर्ने कुरा

बिरालोले बाटो काट्यो भने, स्पिड कन्ट्रोल गर्नुपर्छ ।

कम्पाउन्डमा काग करायो भने, चारो हाल्दिनुपर्छ ।

घरमा कुकुर रोयो भने, भेटेरिनरी लानुपर्छ ।

बारीमा स्याल करायो भने, ढोका बलियो थुन्नुपर्छ ।

दायाँ आँखा फर्फरायो भने, आँखा अस्पताल जानुपर्छ ।

बायाँ आँखा फर्फरायो भने, झन् छिटो जानुपर्छ ।

बाडुली लाग्यो भने, तातो पानी तन्काउनुपर्छ ।

घाँटी खसखसायो भने, 'कफ सिरप' दन्काउनुपर्छ ।

चुलोमा आगो भर्भरायो भने, ग्याँस सकिन सक्छ ।

डाडु-पन्यू चाट्यो भने माझ्न सजिलो हुन्छ ।

साँझ घर बढार्‍यो भने, बिहानलाई सजिलो हुन्छ ।

बच्चाले कुच्चो लगायो भने, मम्मीलाई हेल्प हुन्छ ।

नङ फुल्यो भने, पालिस किन्नुपर्छ ।

कपाल फुल्यो भने, हाइलाइट गर्नुपर्छ ।

लोग्नेमान्छे रोयो भने, मन हल्का हुन्छ ।

स्वास्नीमान्छे हाँस्यो भने, ऊ झन् हल्का हुन्छ ।

हात चिलायो भने, साबुन पानीले धोइहाल्नुपर्छ ।

रित्तो गाग्रो देखियो भने, खानेपानीमा फोन गरिदिनुपर्छ ।

दलितहरू मन्दिर पसे भने पुजारी ब्राह्मणको आम्दानी बढ्छ ।

पुजारीहरू दलितकहाँ बसे भने, चिया खर्च घट्छ ।

बाहुनले बंगुर खायो भने, बंगुरजस्तै मोटाउँछ ।

अन्धविश्वासको पछि लाग्यो भने, लंगुर जस्तै दुब्लाउँछ ।

धधध०००

शेरे पाङ्ग्रेसँग आफ्नो बुबाको सान दिँदै थियो ।

शेरे : मेरो बुबाको अगाडि ठूला-ठूला धनी मानिस पनि प्लेट थाप्छन् ।

पाङ्ग्रे : त्यसो भए त तेरो बुबा त धेरै धनी हुनुपर्छ, होइन के काम गर्नुहुन्छ तेरो बुबा ?

शेरे : पानीपुरी बेच्ने काम गर्नुहुन्छ ।

०००

एक जना मानिस आफ्नो पर्स खेलाइरहेको थियो,

त्यही बेला अर्को एक जना आएर पेस्तोल देखाउँदै भन्यो ।

पहिलो व्यक्ति : ओ मिस्टर, त्यो पर्सले नत्र !

दोस्रो व्यक्ति : नत्र के ?

पहिलो व्यक्ति : नत्र यो पेस्तोलले ठोकिदिन्छु ।

दोस्रो व्यक्ति : होइन, लिनुस, हजुर ।

पहिलो व्यक्ति : हाहा मेरो पेस्तोलमा गोली नै छैन्, त्यसै डरायो ।

दोस्रो व्यक्ति : मेरो पर्समा पनि पैसा नै छैन ।

०००

आमरूपमा केटाहरूले बोल्ने १० झूट

१. मलाई तिम्रो यादले एकदमै सताइरहन्छ ।

२. तिमी मेरो जीवनको पहिलो र अन्तिम रोजाइ हौ ।

३. फोन बिजी थियो त, के भयो हँ ?

४. घरबाट मम्मीको फोन आ'को होला, के गर्नु मम्मीको फोन काट्नुभएन !

५. तिम्रो र मेरो छुट्टै संसार हुनेछ ।

६. तिमी जुनी जुनी साथ दिन सक्छौ ?

७. मायामा सबै कुरा जायज हुन्छ लाटी ।

८. तिम्रो घरपरिवार पनि मेरै त हुन नि ।

९. तिमीभन्दा अरूसँग मेरो कतै कसैसँग सम्बन्ध छैन ।

१०. तिमी मेरी भइनौ भने जिन्दगीभर कुमार नै बस्छु ।

प्रकाशित :मंसिर १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्