चन्द्रौटा महोत्सव सम्पन्न

चन्द्रौटा महोत्सव सम्पन्न

- मनोज पौडेल

मंसिर १९, २०७१

चन्द्रौटामा आयोजित प्रथम कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । समापनका प्रमुख अतिथि महानायक राजेश हमाल थिए । कार्यक्रममा उनले २ वटा डाइलग र एउटा गीत गाएका थिए । हमालले चर्चित डाइलग साथीका लागि यो हात सलाम हो, दुस्मनका लागि यो हात फलाम हो भन्नासाथ महोत्सव स्थल तालीले गुञ्जायमान भएको थियो । हमालले आफ्नै चलचित्रको गीत गाउँदै नाच्दा पूरै मञ्च उचालिएको थियो । बालकदेखि वृद्धसम्म सबै हमालसँगै तालमा ताल मिलाउँदै नाचेका थिए ।

हमालले महोत्सवमा डान्स आइडल छमछमी कला समूह, चन्द्रौटालाई पुरस्कार एवं प्रमाणपत्र पनि वितरण गरे । फाइनलमा पुगेका सात जना प्रतिस्पर्धीलाई भोटका आधारमा पछाडि पार्दै छमछमी समूह पहिलो भएको थियो । आइडलमा बबी बूढामगर दोस्रो तथा वर्षा रानामगर तेस्रो स्थान ओगट्न सफल भए ।

'लागू औषधको निषेध गरौं, समावेशी, धार्मिक, सांस्कृतिक सद्भाव कायम गरौं' भन्ने नाराका साथ आयोजित महोत्सवमा कृषिजन्य उत्पादनदेखि लिएर उपभोग्य, लत्ताकपडा, जडीबुटी, घरेलु तथा हस्ताकलाका स्टलहरू राखिएका थिए । मंसिर ३ देखि १४ गतेसम्म १२ दिन सञ्चालित महोत्सव ८० हजार बढी दर्शकले अवलोकन गरेको बताइन्छ ।

 

प्रकाशित :मंसिर १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्