फेसबुक बन्द भए के होला ?

फेसबुक बन्द भए के होला ?

मंसिर १२, २०७१

फेसबुक बन्द भयो भने आजका युवाले एक छाक खाना खानै छाड्छन् ।

      - लक्ष्मण सिलवाल

सार्‍है राम्रो हुन्थ्यो नि । विशेष गरी विदेश गएका हाम्रा दाजुभाइका श्रीमतीहरू पोइल जाने थिएनन् अनि ती दाजुभाइलाई आनन्दले निद्रा लाग्थ्यो ।

      - घनश्याम शर्मा

सभ्य एवं असल बानीको विकास हुन्थ्यो ।

      - प्रबिन राई

कम्तीमा पैसाको बचत हुन्छ ।

      - शिव चेम्जोङ

केही हुँदैन, बरु हाम्रा भाइ-बहिनीहरूको पढाइमा उन्नति हुने थियो ।

      - महेन्द्र खड्का

के हुनु नि ? केही हुँदैन । फेसबुक बन्द भए अर्को नयाँ सामाजिक सञ्जाल आउला नि ।

      - सोनिया थापा

आजभन्दा दस वर्षअघि नेपालमा फेसबुक थिएन । अब पनि नभए के हुन्छ र ? केही पनि हुँदैन ।

      - राज दंगाल

बन्द भए राम्रै होला ।

      - सिर्जना सापकोटा

समय बिताउन सार्‍है गार्‍हो पर्ने थियो ।

      - मनिष गौतम

औंलाले सुख पाउँथे ।

      - जितु रोका

फेसबुक आन्दोलन हुन्छ होला ।

      - सुहाना प्रधान

कुनै अर्को सञ्जाल प्रयोगमा आउँछ ।

      - हरि अधिकारी

फेसबुक होइन, मानिसहरूको कुनियत बन्द हुनु आवश्यक छ । आफू सही भए कसैले केही गर्न सक्दैन ।

      - अनुराग

पैसा तथा समयको बचत हुने थियो । खेतमा धान धेरै फल्ने थिए, मोबाइलको भाउ घट्ने थियो । किन थाहा छ ? किसानहरू पनि फेसबुकमा व्यस्त छन् ।

      - कृष चितवन

बल्लबल्ल एउटीसँग प्रेम परेको छ, त्यो चैं छुट्थ्यो ।

      - निमेष सुवेदी

म त्यसकै पर्खाइमा छु । फेसबुक बन्द भए म अर्को सफ्टवेयर बनाउँथें, ह्यान्डबुक भनेर । ए, साँच्चै कहिले हुने रे फेसबुक बन्द ?

      - रवि बस्नेत

केही हुँदैन । फेसबुक चलाउने सबै केही न केही काममा व्यस्त हुन्छन् अनि विद्यार्थीहरूले पढाइमा बढी समय दिनसक्थे ।

      - दीपक बस्नेत

पहिले कमै मात्र सामाजिक सञ्जाल थिए । तैपनि चलेकै थियो । यो फेसबुुक नभए पनि हुन्छ, बरु अझ जाती हुन्छ ।

      - पुरन चाम्लिङ

फेसबुक नचलाए पनि बाँचिएकै थियो । के पो होला र ?

      - देबथान कान्छा

लाखौं जनता बेरोजगार छन् । फेसबुक बन्द भए के होला र ?

      - अशोक श्रेष्ठ

फेसबुक बन्द भए के भयो र ? टि्वटर, भाइबर, ह्वाट्स एप आदि छँदैछन् नि ।

      - राजन भट्टराई, निराजन पुडासैनी

केही पनि हुँदैन । अब बूढो भइयो । तरुनीको तस्बिर हेर्नु छैन हामीलाई ।

      - गिड चाम्लिङ

सम्भवत: नेपाल बन्द नै होला ।

      - ज्याक गुरुङ

शान्ति छाउँथ्यो कि ?

      - नवीन सादेम्बा

फेसबुकको दुरुपयोग भएको छ, बन्दै भए राम्रो ।

      - चिनिङ राना

अरू केही हुँदैन, पैसा र समयको भने बचत हुन्छ ।

      - रुप्स शर्मा

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्