कारागारमा कलाकार

कारागारमा कलाकार

- पवन अधिकारी

मंसिर १२, २०७१

क्षेत्रीय कारागार झुम्कामा सोमबार कैद भुक्तान गर्दै विरक्तलाग्दो जीवन बिताइरहेका कैदीबन्दीहरू सांगीतिक कार्यक्रमका क्रममा रमाइरहेका देखिन्थे । गायिका आस्था राउत कार्यक्रमको अन्तिममा मञ्चमा उक्लिइन् र 'पोहोर पनि ढाँटयौ आमा यसपालि पनि ढाँटयौ, खै त मलाई झुम्के बुलाकी' गाइन् । आस्थाले एकपछि अर्को गीत गाउँदै नाच्नसमेत थालेपछि वातावरण निकै रमाइलो भएको थियो ।

हास्यकलाकार विल्सनविक्रम राईले बाल्यकालदेखि गरेका क्रियाकलाप सुनाउँदै अहिलेका बालबालिकामा आएको परिवर्तनलाई हास्य शैलीमा प्रस्तुत गरेका थिए । उनले कैदीबन्दीहरूलाई कैद भुक्तान गरेपछि समाजमा सकारात्मक कार्य गर्न पनि सुझाव दिए । सांगीतिक कार्यक्रममा अर्का गायक डम्बर नेपाली र गुरूङ सोल्टीले पनि आफ्ना गीत प्रस्तुत गरे ।

 

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्