पोखरामा अशक्तहरूको फेसन शो

पोखरामा अशक्तहरूको फेसन शो

मंसिर १२, २०७१

सपाङ्ग व्यक्तिहरूको फेसन शो हुनु कुनै नौलो होइन, तर शारीरिक रूपले अशक्तहरूलाई केन्दि्रत गरेर गत साता पोखरामा फेसन शो सम्पन्न भयो । पोखराको न्युरोडस्थित फ्युजन क्लोथद्वारा आयोजित फेसन शोको शीर्षक थियो— फ्युजन फेसन शो । हाफमुन क्याफेमा आयोजित उक्त फेसन शोमा अशक्त महिलाहरूले भाग लिएका थिए । उनीहरूलाई हौसला प्रदान गर्न दर्शकहरूको भीड लागेको थियो । शोमा दृष्टिविहीन, बहिरा आदिले छडी तथा हि्वलचियरको सहायतामा क्याटवाक गरे । फेसन शोमा केही सपाङ्ग मोडलले पनि क्याटवाक गरेका थिए ।

१० जना अशक्त महिलाले फेसन शोमा भाग लिएको फेसन शोमा सबैले रमाइलो र आफूमा आत्मविश्वास बढेको अनुभूति गरे । आईएफसी फेसन कलेजमा अध्ययन गरेकी डिजाइनर आशिका चन्दले उक्त फेसन शोको संयोजन गरेकी थिइन् । कार्यक्रमलाई मनोरञ्जक बनाउन केही नृत्यसमेत प्रस्तुत गरिएको थियो । शारीरिक रूपले अशक्तहरूमा आत्मविश्वास बढाउन यो कार्यक्रम आयोजित गरिएको कार्यक्रम संयोजक चन्दले जानकारी दिइन् ।

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्