मन्दिरा कोसी क्विन

मन्दिरा कोसी क्विन

- सन्जु राई

मंसिर १२, २०७१

कोसी क्विन-२०१४ को उपाधि धरानकी मन्दिरा लामिछानेले जितेकी छिन् । मन्दिराले शनिबार सम्पन्न प्रतियोगितामा आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै कोसी क्विन-२०१४ को उपाधिसँगै बेस्ट स्किन र बेस्ट डे्रसअपको उपाधिसमेत आप\mनो पोल्टामा पारिन् । अमेजोन इन्टरटेन्मेन्टले आयोजना गरेको उक्त प्रतियोगिताको फस्ट रनर्सअपका साथ मोस्ट पपुलर विधाकी विजेता स्नेहा श्रेष्ठ भइन् भने सृजना लिम्बू सेकेन्ड रनर्सअपसँगै मोस्ट डिसिप्लिन घोषित भइन् ।

 प्रतियोगिताका अन्य उपाधिहरूतर्फ बेस्ट क्याटवाक निशा सेनेहाङ लिम्बू, बेस्ट पर्सन्यालिटी रिना राई, बेस्ट चार्मिङ सिमरन राई, बेस्ट ट्यालेन्ट रेश्मा राई, बेस्ट फोटो जेनिक मनीषा ताम्राकार, बेस्ट हेयर योगिता गुरुङ, बेस्ट स्माइल स्मेना लिम्बू, मोस्ट एक्टिभ मेनुका लिम्बू, मोस्ट इनोसेन्ट मुना लिम्बू, मोस्ट फ्रेन्डसिप तमन्ना लिम्बू, बेस्ट भ्युअर च्वाइस छायाँ श्रेष्ठ, मोस्ट फिगर सरस्वती राई, मोस्ट एक्टिभ कामना लिम्बू तथा बेस्ट स्मार्ट स्मिता चेम्जोङ भएका थिए ।

 

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्