मिस अर्थमा पहिलो सफलता

मिस अर्थमा पहिलो सफलता

मंसिर १२, २०७१

भोलि शनिबार फिलिपिन्समा हुने 'मिस अर्थ-२०१४' को निर्णायक प्रतियोगितामा सहभागि हुनुअघि नै प्रिन्सा श्रेष्ठले महत्वपूर्ण उपलब्धि हासिल गरेकी छिन् । प्रिन्साले प्रतियोगिताअन्तर्गतको 'इको ब्युटि भिडियो टाइटल एवार्ड' जितेकी हुन् । यो विधाअन्तर्गत उनलाई 'कन्टिनेन्टल विनर' छनौट गरिएको थियो, जसका लागि प्रिन्साले 'एभरेस्ट पोटाटो प्यानकेक' शीर्षकको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन् र त्यसमा उनले हिमालय क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न इको-टुरिजमले खेल्न सक्ने भूमिका चित्रण गरेकी थिइन् । यसबीच मिस याहो ब्युटीअन्तर्गतको अनलाइन भोटिङमा समेत प्रतिस्पर्धा गरिरहेकी प्रिन्सा उक्त विधामा सफल भए उत्कृष्ट १६ मा पर्न सक्ने हिडेन टे्रजरले जनाएको छ । त्यसका लागि प्रिन्सालाई भोलि शनिबार राति ८ बजेसम्म अनलाइन भोटिङ गर्न सकिनेछ ।

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्