डरलाग्दो आत्महत्या

- पवन अधिकारी

मंसिर ५, २०७१

विश्वमा हरेक ४० सेकेन्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । नेपाल आत्महत्या गर्ने मुलुकको सूचीको आठौं नम्बरमा छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार हरेक वर्ष ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन् । यसरी आत्महत्या गर्नेमा महिलाहरूभन्दा पुरुष बढी छन् । नेपालमा पनि आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष नै बढी छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा आत्महत्याका कारण मर्ने मानिसको संख्या द्वन्द्व एवं प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेहरूभन्दा बढी छ । विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख मानिसमध्ये आधाजसोले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वमा सबैभन्दा धेरै आत्महत्या हुने मुलुक गुयना हो, जहाँ हरेक १ लाखमध्ये ४४ दशमलव २ जनाले आत्महत्या गर्छन् । दोस्रोमा प्रतिलाख ३८ दशमलव ५ सहित उत्तर कोरिया छ । तेस्रोमा दक्षण्िा कोरिया चौथोमा श्रीलंका र पाँचौं स्थानमा लिथुआनिया छन् ।

त्यस्तै छैटौँ स्थानमा सुरिनाम र सातौँ स्थानमा मोजाम्बिक छन् । नेपाल र तान्जानिया दुवै संयुक्त रूपमा बढी आत्महत्या हुने मुलुकको आठौँ स्थानमा छन् । आठौं स्थानमा रहेको नेपालमा प्रतिएकलाख मानिसमा आत्महत्याको दर २४ दशमलव ९ छ अर्थात् हरेक १ लाखमा झन्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीले दिएको तथ्यांकअनुसार पूर्वाञ्चलमा आत्महत्याको अवस्था डरलाग्दो छ । आर्थिक वर्ष०६९/७० मा पूर्वाञ्चलमा ८ सय ६७ जनाले आत्महत्या गरेका थिए, तर ०७०/७१ मा उक्त संख्या बढेर १ हजार ३३ पुगेको छ । चालू आर्थिक वर्षो ३ महिनामा मात्रै १ सय ५३ जनाले आत्महत्या गरेका छन् । झापा आत्महत्या हुने जिल्लाहरूमा सबैभन्दा अगाडि छ । झापामा ०६९/७० मा १ सय ६३ तथा ०७०/७१ मा २ सय २८ जनाले आत्महत्या गरेका थिए । त्यस्तै आत्महत्या गर्ने जिल्लामा मोरङ दोस्रो र सुनसरी तेस्रो स्थानमा छन् । तथ्यांकअनुसार झुन्डिएर अनि त्यसपछि विष सेवन गरेर आत्महत्या गर्नेहरू सबैभन्दा बढी हुन्छन् । आखिर किन मानिस आत्महत्यातर्फउत्प्रेरित हुन्छ त ? मनोचिकित्सक अर्चना पोखरेल ?रिमाल) विभिन्न कारणबाट मानिसले आत्महत्या गर्ने भए पनि आत्मिक एवं नैतिक बल कम हुनु नै आत्महत्याको मुख्य कारण भएको बताउँछिन् ।

 

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्