कलाकारले तताए महोत्सव

कलाकारले तताए महोत्सव

- विमल खतिवडा

मंसिर ५, २०७१

कार्तिक २१ प्रारम्भ भएको प्रथम गैंडाकोट महोत्सव सोमबार सम्पन्न भएको छ । नवलपरासीको गैंडाकोट उद्योग वाणिज्य संघले नारायणी नदीको किनारमा आयोजना गरेको महोत्सवको मुख्य आकर्षा कलाकारहरू नै रहे । महोत्सवको समापन समारोहको आकर्षा भने गायक दाजुभाइ सत्यराज तथा स्वरूपराज आचार्य थिए । साँझ स्टेजमा देखा परेका आचार्य दाजुभाइले दर्शकहरूको चाहनाअनुसार गीत गाएर मनोरञ्जन प्रदान गरे । त्यस्तै विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरले महोत्सवमा आकर्षा थपे । महोत्सव अवधिभर दर्जनौं कलाकारले हांस्य प्रहसन एवं गीत मार्फ मनोरञ्जन प्रदान गरे ।

महोत्सवको सुरुवातमा गायकहरू दुर्गा रायमाझी, रामजी खाँण, कमल खत्री, विशाल ढकाल, रमेशराज भट्टर्राई, नारायण रायमाझी, शिव परियार तथा प्रजापति पराजुलीले आ?आफ्नो प्रस्तुतिमार्फ दर्शकको मन जिते । त्यस्तै पुरुषोत्तम न्यौपाने, प्रमोद खरेल, पशुपति शर्मा, टीका पुन, अमरविरही गुरुङ, चन्द्र शर्मा, हेमन्त शर्मा, दीपक खड्का, तिलकबम मल्ल, राजु परियार, कृष्ण रेउले, दीपक लिम्बू, ढाकाराम पौडेल आदि कलाकारले गीतमार्फ मनोरञ्जन प्रदान गरे ।

आरपी भट्टर्राई, राजा राजेन्द्र तथा जादुगर महादेव त्रिपाठीले दर्शकहरूलाई हँसाउने काम गरे भने रमा न्यौपानेको एक खुट्टाको नृत्यले दर्शकको मन छोयो । कार्यक्रममा सोरठी, कौडा, तामाङ सेलो तथा सराय नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्