शैक्षिक मेलामा राजेश हमाल

शैक्षिक मेलामा राजेश हमाल

- शिव शर्मा

मंसिर ५, २०७१

पोखरा- पर्यटकीय नगरी पोखरामा दोस्रो पटक बृहत् शैक्षिक मेला सम्पन्न भएको छ । नेपाल शैक्षिक परामर्श संघ, कास्कीद्वारा आयोजित मेलामा शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयारल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मन, रूसलगायत विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता थियो ।

मेलामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरूमा निकै उत्सुकता देखिन्थ्यो । मेलामा ५६ स्टल तथा ६ पेभिलियन थिए । तीन दिनसम्म चलेको मेलामा सबै शैक्षिक स्टलमा घुइँचो देखिन्थ्यो भने मेला उद्घाटन गर्न पुगेका महानायक दम्पती राजेश हमाल र मधु भट्टर्राई पनि कार्यक्रमको आकर्षा बने । महनायक हमालले विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिनुका साथै शिक्षाको महत्त्वका बारेमा चर्चा गरेका थिए । उनले मेलामा रहेका स्टलहरूको अवलोकन गर्दै अन्तर्क्रिया समेत गरे । त्यस्तै मेला समापनको दिन सेतो धरतीका लेखक अमर न्यौपानेबाट पुस्तक हस्ताक्षर गराउनेहरूको समेत घुइँचो देखियो ।

 

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्