विल्सनविक्रम र्राई, हास्यकलाकार

विल्सनविक्रम र्राई, हास्यकलाकार

- सुव्रत आचार्य

मंसिर ५, २०७१

-    प्रेममा परेको छु भन्ने कुरा चाल पाउने एउटै लक्षण हो- छटपटी । नभेट्दा छटपटी भयो तथा उसलाई भेट्दा छटपटी हरायो भने ९९ दशमलव ९ प्रतिशत पक्का हो कि 'यू आर इन लभ' ।

-    लभ परेपछि डेटिङ जानु स्वाभाविक हो, बाइकमा जाँदै हुनुहुन्छ भने पछाडिबाट उनले च्याप्प समात्दैमा जोसमा एक्सिलेटर बटार्ने काम नगर्नु होला, नत्र त्यो लभ नै फस्ट एन्ड लास्ट हुनसक्छ ।

-    नवप्रेमिकाहरू, डेटिङमा धन उसैले निकालिहाल्छ । तपाईंहरू मन मात्र सुम्पनुहोस्, तन सुम्पिनुभयो र त्यसपछि उसले वास्ता गर्न छाड्यो भनेर 'क्वाँ-क्वाँ' नरुनुहोला ।

-    प्रेम गर्नु पाप होइन, तर जोसमा होस गुमाउनु, साधन पनि प्रयोग नगर्नु र पछि डाक्टर गुहारेर पेटमा आएको निसानी फ्याँक्नु चाहिँ पाप हो नि ।

-    प्रेम गर्नुहोस्, निर्धक्क गर्नुहोस् । छाडा नबन्नुहोस् । छाडा प्रेम गर्ने काम पशुका लागि छाडिदिनुहोस् ।

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्